दाङमा सर्पको टोकाइबाट १६ बर्षीय किशोरको मृत्यु

तस्वीर : कुलदीप न्यौपाने

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ बर्षीय किशोरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघरमा आएका मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।


सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर विरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि प्रतिष्ठानमा लगिएको थियो ।