तुलसीपुरमा स्कुल बसको ठक्करबाट स्कुटर चालक घाइते

तुलसीपुर, १० बैशाख । दाङको तुलसीपुरमा एक स्कुल बसले ठक्कर दिदा स्कुटर चालक घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर–११ निवासी १७ बर्षीय कृष्ण वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।


पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ क ११२२ नम्बरको डिभाइन टेम्पलको बसले तुलसीपुरबाट गोलौरातर्फ जादै गरेको रा ४ प १९५३ नम्बरको स्कुटरलाई तुलसीपुर–१० गोलौरा चोकमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।