आगामी निर्वाचनसम्म घोराही र तुलसीपुर मिलाएर महानगर बनिसक्छ : खड्का

तुलसीपुर, ६ फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दाङमा घोराही र तुलसीपुर मिलाएर महानगर बन्ने तयारीमा रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति(रासस) को ६४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाको आयोजनामा भएको विकासमूलक पत्रकारितामा राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए ।“घोराही–तुलसीपुरलाई मिलाएर महानगर बनाउन आबश्यक छ, सायद आउदो चुनाबमा महानगरकै चुनाब हुन्छ”,उनले भने“एकीकृत मोडेलको विकासकालागि महानगर बनाउन आबश्यक पनि छ ।”

साथै उनले  सञ्चार माध्यामले नै विकासको बाटो देखाउने बताए । सकारात्मक र समाजलाई बाटो देखाउने कार्य पनि सञ्चार माध्यामको भएको समेत बताए ।“समाजलाई सही दिशामा लैजान काम सञ्चार माध्यामको हो”,उनले भने“सञ्चार माध्यामले नकारात्मक कुरा दिन थालेमा त्यसले समाजमा नकारात्मक सन्देश मात्रै प्रदान गर्दछ ।” विकास निर्माणमा ढिला सुस्ती भएमा दवाव दिने कार्य पनि सञ्चार माध्यमकै भएको उनको भनाई छ ।

त्यस्तै बिशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सामाजिक, आर्थिक, भौतिक, मानवियलगायतका विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । राससको झनै यसमा महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । उनले समाज रुपान्तरणकालागि सञ्चार माध्ययमले भूमिका खेल्नु पर्ने बताए ।


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डन,पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल,प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेपाली काँग्रेस तुलसीपुरका सभापति सुरेश हमाल,नेकपा एमाले तुलसीपुरका अध्यक्ष रुपबहादुर खत्री, माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापा, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य विमल गौतम, लाइन्स क्लब अफ तुलसीपुरका अध्यक्ष गोरख वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

रासस दाङका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण तुलसीपुर समाचारदाता दीपक बोहराले गरेका थिए ।