प्रादेशिक अस्पतालको डायलाईसिसका आफ्नै वेदना : ५ वटा मेसिन छन्, ५० बढि विरामी लाईनमा

तुलसीपुर । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा ५ वटा डायलाईसिस मेसिन हुन् । तर, अहिले चारवटा मात्रै सञ्चालनमा छन् । एउटा मेसिन विग्रिएको भन्दै एक बर्षदेखि थन्काईएको छ । त्यही मेसिन बनाउनकालागि लमही स्थित डायोलासिस सेन्टरबाट ३ पटक प्राबिधिक आएको भएपनि मर्मत हुन सकेको छैन । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी पनि नहुँदा त्यसरी डायोलासिस मेसिन विग्रिदा बनाउन बाहिरबाट बोलाउनु पर्छ ।

चारवटा मेसिनले मात्रै अहिले महिनामा २३ जनालाई मात्रै सेवा दिन सकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहले बताए । उनका अनुसार अहिले अझै पनि ६०/७० जना विरामीहरु ‘पेन्डिङ’मा रहेको बताए । उनीहरु अहिले काठमाडौं, नेपालगञ्ज, बुटवललगायतबाट सेवा लिइरहेको बताए ।‘उहाँहरु घरपायक आउन खोजीरहनुभएको छ’,उनले भने‘ तर, यहाँ चारवटा मेसिन मात्रै हुँदा मासिक रुपमा २३ जनाले मात्रै सेवा लिन पाउनुभएको छ ।’

त्यहाँ आउन पनि धेरै संघर्ष गर्नुपर्छ । सल्यान शारदा नगरपालिका वडा नं. ७ कजेरी निवासी गीता खड्का यस अघि लमही स्थित डायलाईसिस सेन्टरमा थिइन । त्यसपछि घर भन्दा अलि नजिक र सहज हुन्छ, भनी तुलसीपुरमा आउन खोजीन तर, १ महिना पछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलाइसिसमा पालो आयो ।


त्यस्तै सल्यानकै मस्तबहादुर खड्काले पनि ५ महिना पछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए । त्यो भन्दा अघि उनी काठमाडौंम डायलाईसिस गर्दै आएका थिए । आउदा–जाँदा तथा काठमाडौं बस्दा महंगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने भएकाले पनि उनी यहाँ आउन खोजेका थिए । मिर्गौलाको उपचारकै क्रममा १२/१५ लाख खर्च भएकाले अब जति सक्यो कम खर्च गर्न घर देखि नजिकै भए सहज हुने उनको भनाई थियो ।

सकेसम्म स्थानीय स्तरबाटै सेवा लिनकालागि थप ५ वटा मेसिन जडानकालागि माग गरेको निमित्त मेसु डा. सिंहले बताए । उनका अनुसार बिभाग, मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराइएको छ । त्यस्तै कर्मचारीको पनि त्यतिकै समस्या हुने गरेको डायलाइसिस विभाग प्रमुख लिना भडेलले बताईन । अहिले ४ जना स्टाफनर्स मात्रै भएकाले यसमा थप हुनुपर्ने बताइन । अहिले अस्पताललाई दुईसय बेडको स्वीकृति पनि दिएको छ । तर, दरबन्दीकालागि ओएनएम सर्भे नभएका कारण न्यून दरबन्दीमा काम गर्नुपर्ने अबस्था रहेको डा. सिहले गुनासो गरिन । यसको फाईल अहिले मुख्यमन्त्री कार्यालयमा अड्किएको उनको भनाई छ । अहिले रुकुम, सल्यान,रोल्पा, दाङबाट विरामीहरु आउने गरको छन् । साभारःअग्रिम साप्ताहिक

May be an image of 4 people, outdoors and text