तुलसीपुर खानेपानीमा भागबन्डा : यी हुन्, पार्टी भित्रकै आकांक्षीहरु

दाङ
९ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागि राजनीतिक भागबन्डा भएको छ । यस अघि चार कार्यकाल खेमराज वलीले अध्यक्ष भएर चलाएका थिए । अब भने पुनः दोहोरीन भने राजनीतिक दलहरुले चुनौति दिएका छन् । यस अघिको कार्यकालमा बामगठबन्धनले वलीलाई सहयोग गरेको थियो । वली विप्लव निकट हुन् । अबको निर्वाचनकालागि विप्लवलाई कोषाध्यक्ष भाग परेको छ ।

बिभिन्न ९ वटा राजनीतिक दलहरुबीचको बैठकले अध्यक्ष काँग्रेसलाई दिने सहमति भएको छ । अध्यक्षकालागि काँग्रेस भित्र ३ जनाको दावी देखिन्छ । यस अघिको कार्यकालमा अध्यक्षको उम्मेदवार बनेका यमकान्त भण्डारी पनि आकांक्षी छन्, भने हालका उपाध्यक्ष गिरीधारी पौडेलले पनि दावी छोडेका छैनन् । त्यस्तै काँग्रेसबाटै यातायात व्यबसायी पवन बुढाथोकी र पूर्व सचिब शोभाराम केसीले पनि आकांक्षा देखाएको बुझिएको छ ।

उपाध्यक्ष भने माओवादी केन्द्रलाई भाग परेको छ । माओवादीक केन्द्रले भने सीताराम शर्मालाई सर्वसम्मत उम्मेदवारका रुपमा लिएको छ । माओवादीका एक नेताले भने‘हाम्रो एक मात्र उम्मेदवार सिताराम हो, अरुले दावी गर्ने ठाउँ नै छैन ।’ सचिबमा एमालेको भाग परेको छ । सचिबमा हालका सचिब मनोज आचार्य र सेवकराम भण्डारीको नाम चर्चा छ ।


कोषाध्यक्ष पाएको विप्लवमा पनि दुईजनाको चर्चा रहेको छ । पार्टीका जिल्ला सदस्यद्वय मेघराज घिमिरे र रुद्र वलीले कोषाध्यक्षमा दावी रहेको चर्चा हुने गरेको छ ।

त्यो बाहेक अन्य ५ जना सदस्यहरुमा सबै साना पार्टीहरुले एक÷एक जना प्रतिनिधि पठाउने गरि राजनीतिक दलको सहमति भएको हो । ९ सदस्यीय कार्यसमितिमा यस क्षेत्रम क्रियाशिल ९ वटा राजनीतिक दललाई एक÷एक वटाका दरले भागबन्डा गरिएको छ । जसमा एकीकृत समाजवादी, जनमोर्चा, जनता समाजवादी, बैद्य नेतृत्वका क्रान्तिकारी माओवादी र राप्रपालाई एक/एक वटा सदस्य दिने सहमति भएको छ ।
खानेपानीको निर्वाचन पुस १७ गते तोकिएको छ । तर, उम्मेदवारी दर्ता यही ११ गते तोकिएकाले सबै राजनीतिक दलले छिट्टै टुंगोमा पु¥याउने गरि तयारी गरिरहेका छन् ।

उच्च अदालत तुलसीपुरले एक महिना भित्रमा निर्वाचन गरि सक्ने भनि परमादेश गरेपछि सोही अनुसार निर्वाचन हुन लागेको छ ।