पोखरा पुग्यो दाङ अवतरण गरेको हेलिकप्टर

तुलसीपुर,२८ भदौ । मौसम खराबीका कारण दाङ अवतरण गरेको हेलिकप्६र पोखरा पुगेको छ ।

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर बुधबार साँझ पौने ७ बजेतिर आकस्मिक अवतरण गरेको थियो ।


हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलास हेलिकप्टर सरर्बिस’ नामको हेलिकप्टर दाङको राप्ती गाउँपालिका २ लालमटियामा अवतरण गरेको थियो । उक्त हेलिकप्टर विहान ७ बजेतिर दाङबाट पोखरा गएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार चालकसहित पाँच जना सवार हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा अवरतण गरेको थियो ।