राजतन्त्र र गणतन्त्रबिचको भिन्नता !

आजाद खड्का
१.विषय प्रवेश
राजतन्त्र र गणतन्त्रको तुलना नै हुन सक्तैन । काहाँ एकथरी राजा अर्काे थरी दास रैती हुने राजतन्त्रिक व्यवस्था र अर्को तिर सबै नागरिक बराबर हुने गणतान्त्रिक व्यवस्था विचको तुलना गर्न उपयुक्त हुँदैन । अर्काे तिर के कुरा जव्रजस्त वहसमा ल्याउन खोजीदै छ भने हिजो राजतन्त्रकाल स्वर्णकाल थियो। अहिलेको गणतन्त्रले सवै भताभुंग बनायो, खतम बनायो भन्ने भाष्य स्थापित गर्न खोजीदैछ। यो पुरै गलत छ ।

२.संघिय लोकतान्त्रिक गणतन्त्रको तीन आयाम
अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रको राजनीतिको तिनवटा आयाम छ ।
१) राष्ट्रियताको आयाम,
२) जनजिविकाको आयाम,
३) लोकतन्त्रको आयाम ।
राष्ट्रियताको आयामबाट हेर्नू भयो भने अहिलेसम्म भएका राष्ट्रघाती काम, सिमा गुमाउने देखि हरेक गलत राजतन्त्रकालमै भएका छन् ।
जनजिविकाको आयामबाट हेर्नू भयो भने आकाश जमिनको फरक छ । म यो विषयमा तथ्याङ्कमै राख्न चाहाँन्छु ।

३.राजावादीले मागेको संवैधानिक राजतन्त्र
नेपालमा राप्रपाले मागेको संवैधानिक राजतन्त्र भन्नू हुन्छ भने यो संवैधानिक राजतन्त्र त दुईचोटी राजाले नै खाएको हो । २०१७ सालमा महेन्द्रले र २०५९ सालमा ज्ञानेन्द्रले मासेको हो । राप्रपाले मागेको कुनै नौलो व्यवस्था होईन । संवैधानिक राजतन्त्र दुईपटक असफल भएको छ । यो व्यवस्था अरु कसैले खाएको नभएर राजाले नै खाएका हुन् ।

४.राजावादी आन्दोलनको यथार्थ
अघिल्नो महिनाको २५ गते राजालाई स्वागत गर्न जनता आए भन्ने तर्क छ नी ? उनीहरु आम जनता होईनन्, उनिहरु देशभरी तोकिएका राजावादीहरुको जमघट हो । तीन करोड जनसंख्यमा ४/५ लाख मानिसहरू राजा चाहियो भन्नेहरू छन् । फालिसकेको पुराना व्यवस्थाका मानिसहरू हरेक देशमा हुन्छन् । यो हिसावले थो थोरै मानिसहरु राप्रपा/राजावादी मानिसहरू हुनेकुरालाई अनौठो मान्नु पर्दैन । ४/५ लाख मत ल्याएको पार्टीले १०–१५ हजार मानिस जुट्याउदा आत्तिनु पर्ने वा संसारै राजाको पक्षमा माहोल भएको देख्नु जरुरी छैन । उहाँहरुले राम्रो तयारी गर्नु भयो । देशभरीबाट तोकिएका मानिसहरु आए। एउटा राजनीतिक दलले त्यो गर्न सक्छ र राप्रपाले गरेको त्यहि हो ।

उनीहरू संवतः स्फुर्त आएका मानिसहरु होईनन् । वागमती प्रदेशका सबै जिल्लाबाट गाडी नै रिजर्भ गरेर आएका हुन् । देश भरीबाट प्लेन र नाईट गाडीका सिट रिजर्भ गरेर योजनाबद्व आएका हुन् । धनगढि, विराटनगर, नेपालगन्ज, भैरहवा र पोखरा आदि ठाउँहरुबाट सर्वसाधारणहरू प्लेनमा आउन २०८१/११/२३–२४–२५ गते सिडिओको फोर्स लगाउनु प¥यो । त्यस्तो हुनको कारण राजावादीहरुले टिकट अग्रिम बुक गरेर हो । त्यसकारण ज्ञानेन्द्र शाहलाई स्वगत गर्न राजावादीहरुले योजनाबद्व तोकिएका मानिसहरू ल्याएका हुन् । अहिले पनि देशका २/३% मानिसलाई हिजो विष्णुको अवतार मानेर राजाको रैति बनेर जुठोपुरो खाएको आदत हटेको छैन । त्यहि व्यवस्था ल्याउन सकिन्छ कि भन्ने छ । राजाको जुठो खान, उनिले टेकेको माटोको टीका लगाउन पाउदा, जुता पुँछीदिन पाउँदा रैतीहरुले गर्व गर्ने स्कुलिङबाट आएको एउटा पुस्ता–कित्ता अझै बाँकि छ ।

५.गणतन्त्रको जग कमजोर छैन
गणतन्त्रवादीहरू राजावादीहरुको १०१५ हजारको जुलुसबाट आत्तिनु पर्ने गणतन्त्रको जग होईन । १२ हजार जनाले त यो गणतन्त्र ल्याउन ज्यान दिएका छन् । हिजोको राजतन्त्र जोउनको निम्ति २–३ हजार मानिसले पनि ज्यान दिएका छन् । लाखौ मानिसले भात ख्वाएका छन् । आन्दोलनमा सहभागी भएका छन् । कुम्लो कुटुरो बोकेर आएका मानिसहरुको जनता जिवित छन् । त्यसकारण गणतन्त्रको जग त्यहि कमजोर छैन। सामान्य तरिकाले हल्लाएत्यो जग हल्लिदैन । १०–१५ हजार परै जावर २–३ लाख आन्दोलनमा सहभागी भए पनि गणतन्त्रको जग हल्लिदैन ।


हिजो राजाको पालामा सूचना सञ्चार तथा सामाजिक सञ्जाल थिएन। सरकारी सञ्चार माध्यम पञ्चायतबाट नियन्त्रित थिए । मानिसहरुका निजी प्रकाशनगृह खोल्ने वातावरण थिएन । यथार्थमा आम जनताको सूचनामा पहुँच थिए । राज दरवार भित्र के पाक्थ्यो भन्ने कुरा जनताले थाहा पाउदैन थे । आज जनताले प्रचण्ड, केपी वा देउवाको भान्सामा के पाक्छ भन्ने कुरा जनताले थाहा पाउँछन् । राजदरवारमा राजा विरेन्द्रको वंश नाश हुँदा विदेशी मिडियाले भनेपछि मात्र नेपाली जनताले थाहा पाएका हुन् । साईकल चढ्न लाइसेन्स लिनुपर्ने अवस्था थियो । उद्योग कल कारखाना खोल्दा राष्ट्रिय पञ्चायत सदस्यको सिफारिस अनिवार्य थियो । कहालीलाग्दो यो अवस्था हामीले भोगेर आएकै हो । जनता संवैधानिक राजतन्त्र भनेर २००७ साल र २०४६ सालमा जनतालाई गुम्राहमा पारियो ।

अन्ततः २०५९ सालमा तत्कालिन कथित राजा ज्ञानेन्द्रले उनको यथार्थ देखाएकै हुन् । उनिले २०५९ माघ १९ मा ‘कु’ गरेर घरमा, सञ्चारगृहमा टेलिफोन लाइन काटेकै हो । मिडिया नियन्त्रण गरेकै हो । १० जना भेला हुन नदिने, ठाउँ–ठाउँमा चेकिङ गर्ने, जनतालाई ६ वजे पछि घर बाहिर हुन नदिन कफ्र्युको अवस्था सिर्जना गरे । ज्ञानेन्द्रका कुकृत्य आम नागरिकले बिर्सिएका छैनन् । त्यस्तो अवैज्ञानिक÷अमानवीय व्यवस्थालाई गणतन्त्रसंग तुलना गर्नु हुदैन ।

यी हुन् राजतन्त्र र गणतन्त्र विचको भिन्नता?
१. गरिव र धनी विचको खाडल
हुने र नहुने बिचको खाडल अहिलेको गणतन्त्रले बनाएको विषय होईन। यो खाडल त २४० वर्ष निरन्तर वनाएको खाडल हो । राजतन्त्रले साढे २ वर्ष लगाएर सिर्जना गरेर दिएको वेथिति, विसंगति, गरिवीको विरासतमा राजतन्त्रले थुपारेर राखेको फोहर १७–१८ वर्षमा सफा गर्न सहज छैन । तर, निरन्तर सरसफाई चलिरहेको छ । जस्तैः १. गरिवी निवारण २०४६ सालमा राजतन्त्रले शासन गर्दा नेपाल विश्वको दोस्रो गरिव राष्ट्र थियो । अब १ वर्ष पछि नेपाल विकासशील मुलुकको स्तरमा उन्नती हुँदैछ । यसलाई प्रगति नमान्ने हुन्छ र ? यो त प्रगति हो । २०४७ सालको सर्वेक्षण अनुसार ४९% जनताले २ छाक खान नपाउने जनता थिए । त्यो भनेको झण्डै आदा जनसंख्या हो । के अब फेरि त्यहि राजा चाहिएको हो ?
२. औसत आयु
२०४७ सालमा नेपालीको महेन्द्र र विरेन्द्रको ३० वर्षिय पञ्चायती कालमा सरदर आयु ५४ वर्ष थियो । अहिले हामीले गणतन्त्रमा नेपालीको सरदर आयु ७२ वर्ष पु¥यायौं ।
३. साक्षरता
३० वर्षिय शासनकालमा २०४७ सालको सर्वेक्षण अनुसार ४०% नागरिक साक्षर थिए । १०० जना मानिसमा जम्मा ४० जना मानिस साक्षर थिए । अहिले गणतनत्रमा साक्षरता दर ७६% पुगेको छ । यो विकास गणतन्त्रले काम गरेरै भएको हैन र ?
४.बिजुली बत्ती
३० वर्षिय शासनकालको आ.व.२०४६०४७ सालको आर्थिक तथ्याङ्क हेर्दा जम्मा ८.८% घरमा मात्र उज्यालो हुन्थ्यो। अहिले गणतन्त्रमा आउँदा ९९% घरधुरीले बिजुली बत्ती वाल्न पाएका छन् । यसलाई विकास भन्छ होला नी ? बिजुलीको उज्यालोमा बस्न पाएका छन् । अहिले झण्डै १५–२० लाख मानिसहरुले मासिक ५० रुपैयाँ तिरेर घर उज्यालो बनाउन पाएका छन् ।
५.सञ्चार क्षेत्र
यो मुलुकमा गणतन्त्र आउन पूर्व ७१६०० टेलीफोन सेट थिए । अहिले गणतन्त्रको कालमा ३ करोड जनसंख्यामा ३५१००००० त सिम मात्र वितरण भएका छन् । कतिपयले डवल लिएका होलान। सञ्चारको सवैठाउँमा पहुँच पुगेको छ ।
६.खानेपानीको क्षेत्र
राजाले शासन गर्दा २०४६ साल सम्म खानेपानी क्षेत्रमा जम्मा ३६% घरधुरीको मात्र पहुँच थियो । अहिले गणतन्त्रमा ९५% घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । अनि उहाँ भन्नू हुन्छ राजतन्त्रकाल स्वर्णकाल थियो रे ?

७.स्वास्थ्य/शिक्षा
विविसी जस्तो अन्तराष्ट्रिय स्वतन्त्र सञ्चार माध्यमले नेपालले स्वास्थ्य र शिक्षा क्षेत्रमा पछिल्लो १५ वर्षमा चमत्कारिक परिवर्तन ग¥यो भनेर रिपोर्ट नै वजाई रहेको छ । राजावादीहरुले यसलाई क्रमिक विकास भनेर टार्छन्। त्यसो भए राजाको पालनमा यो क्रमिक विकास किन भएन ?
८. नेपालको GDP
२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गर्दा GDP per capital जम्मा ५०४ थियो । ३० वर्षे पञ्चायती कालमा २०४६ सालमा जम्मा १३५४ बढेर जम्मा १८५४ हुन पुग्यो । तर पञ्चायत फालेको ३० वर्षमा त्यसको विकास भएर १२२५४ बढायो । त्यसकारण क्रमिक विकास पञ्चायतकालमा थियो। यसलाई क्रमिक भन्न मिल्दैन । यो गुणात्मक विकास भन्ने स्थितिमा छ । एक वर्ष पछि देश विकासशिल राष्ट्रमा प्रवेश गर्दैछ ।
९.ऋण
हिजो पञ्चायतकालमा २०४६ मा कुल GDP को ५०% ऋण थियो । अहिले गणतन्त्रमा कुल GDP को ४४% ऋण छ । पञ्चायतकालमा कुल GDP ६८% सम्मको ऋण पुगेको थियो ।
१०. निजिकरण
नेपालले भुक्तानी सन्तुलन गुमाए पछि विश्व वैंक र IMF लाई तिम्रो उदारीकरण स्विकार गर्छौ हामीलाई ऋण देउ भनेर चिठी लेखेपछि ऋण पाएको हो । उद्योग, कलकारखाना निजिकरण गर्ने निर्णय पञ्चायतकालमा भएको हो र पछि कांग्रेस एमालेले लागू गरेका हुन् । अहिले ३ लाख भन्दा बढि फर्म दर्ता भएर सञ्चालनमा आएका छन् ।
– यो स्तरमा विकास हुनुमा हामीले लिएका पोलिसी, हामीले ल्यायका नितीले, हामीले ल्यायका अर्थ व्यवस्था र आर्थिक सुधारहरुले आएका कुरा हुन् ।
– हिजो एउटा उद्योग खोल्न राष्ट्रिय पञ्चायतका सदस्यको सिफारिस चाहिन्थ्यो। अहिले जो मान्छे (नवराज सुवेदी) राजा ल्याउने भनेर कमाण्डर तोकिएका छन् । उनिले आत्मवृतान्तमा विदेशी घडी कम्पनी नेपाल आँउदा ५०% शेयर ज्ञानेन्द्र शाहले मागेपछि उक्त कम्पनी स्विटजरल्याण्ड गएको कुरा लेखेका छन् ।
– राजा ल्याउन निरन्तर उघ्ररुपमा कराउने ज्ञानिन्द्र शाहिको जिल्ला जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न गणतन्त्र आउनु प¥यो । उनका जिल्लामा मोटरबाटो पुग्न गणतन्त्र आउन प¥यो ।
– ३८ साल देखि नेपालले धान निर्यात होईन आयात गरेको हो । नेपालले धान आयात गर्न लागेको ४४ वर्ष भईसक्यो ।
– अमेरिकी सहायता (USAID) लिएर महेन्द्र राजाले महेन्द्र राजमार्ग २०१८ साल सुरु गरि २०२८ सालमा सम्पन्न भएको थियो । पहाड तिर पनि वाटो बन्न थालेपछि धान पहाड पनि पु¥याउदा निरयात नभई आयात हुन थाल्यो । यो देशका २/३ जनताले राजतन्त्रकालमा चामल देख्ने दशैं र तिहारमा मात्र थियो । अछेताको टीका लाउन, भात खान दशै तिहार आउनु पर्ने हामी पहाडीको जीवन त्यहि थियो । हामी त्यहि जीवन हुर्किएर बाँचेको हाम्रो पुस्ता हो । त्यसकारण चामल आयात राजतन्त्र कालमै हुन्थ्यो ।

विदेशी ऋण र अनुदान 
महेन्द्रको शासनकालमा पहिलो र दोस्रो विश्वयुद्ध चलिराखेको थियो । विश्वयुद्धपछि शीतयुद्ध चल्यो । त्यतिबेला तत्कालिन शोवियत संघ, चिन र अमेरिकाले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने होड चलेको थियो । केही कम्पनी शोवियतसंघले, केही कम्पनी अमेरिकीले र केही कम्पनी चीनले स्थापना गरिदिएका हुन् । चाईनिज इट्टा उद्योग, बाँसवारी छाला जुत्ता उद्योग, गोरखकाली टायर उद्योग, जुटमिल, हेटौडा कपडा कारखाना, सिमेन्ट कारखाना आदि गरेर ५४ उद्योग स्थापना भएका थिए । त्यो नेपालको आफ्नै बुद्धि, विवेक वा लगानीले वनेका थिएनन् । तर, पनि उद्योग स्थापना भएको त सत्य हो । तिनी उद्योगहरु संवैधानिक राजतन्त्रकालमा राजा कै पालामा बन्द भएका हुन । राजावादीहरुले त्यहि संवैधानीक राजतन्त्र खोजेका हुन् ? साभारः अग्रिम साप्ताहिक