तुलसीपुर खानेपानीको नेतृत्व : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी, सचिब एमाले र कोषाध्यक्ष विप्लव समूह

तुलसीपुर
९ पुस /  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वकालागि राजनीतिक सहमति भएको छ ।

राजनीतिक सहमति अनुसार अध्यक्षमा काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सचिबमा एमाले र कोषाध्यक्षमा विप्लवलाई भाग परेको छ ।
त्यस्तै सदस्यहरुमा सबै पार्टीलाई भागबन्डा मिल्ने गरि एक/एक वटा दिने सहमति भएको छ ।


जसमा एकीकृत समाजवादी, जनमोर्चा, जनता समाजवादी, बैद्य नेतृत्वका क्रान्तिकारी माओवादी र राप्रपालाई एक/एक वटा सदस्य दिने सहमति भएको छ । तुलसीपुरका सबै राजनीतिक दलका प्रमुखसहित बसेको बैठकले यस्तो सहमति गरेको हो ।

खानेपानीको निर्वाचन पुस १७ गते तोकिएको छ ।