
दाङ, २८ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको छड्के जाँच गरेका छन् ।
बुधबार मन्त्री मगरले अस्पतालको छड्के जाँच गरेका हुन् । अस्पतालका विषयमा ब्यापक गुनासो आएपछि छड्के जाँच गरिएको मन्त्री मगरले बताए ।
त्यस क्रममा उनले अस्पतालको सेवा प्रवाहका बारेमा अनुगमन गरेका हुन् । त्यस क्रममा चिकित्कस,नर्सिङलगायतका कर्मचारी अभाब हुँदा सेवा प्रवाहमा समस्या भएको पाईएको थियो ।
त्यस्तै केही चिकित्सकहरु स्वीकृत नगरेरै विदामा बसेको, सरसफाई नभएको जस्ता समस्या थिए । यस्ता समस्या समाधान गर्न मन्त्री सारुले निर्देशन दिएका हुन् ।
त्यस क्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले अस्पतालमा देखिएका समस्या सुधार गर्न तर्फ लाग्ने बताए । उद्यपी अस्पतालमा जनशक्ति अभाब हुँदा सेवा प्रवाहमा समस्या देखिएको बताउनुभयो ।
अनुगमनमा प्रदेश स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठसहितको टोली पुगेको थियो ।



लाइभदाङ । २९ श्रावण २०८२, बुधबार २२:५८ बजे