
तुलसीपुर, २ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरको पुल मुनी अनुमति नलिएरै मोटरबोट चलाएपछि जिल्ला प्रशासन कार्यालय दाङले बन्द गर्न निर्देशन गरेको छ ।
बबइ नदी थुनेर मोटरबोट चलाएको भन्दै त्यो गैरकानुनी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए । यस अघि पटक–पटक मौखिक आदेश दिदा पनि अटेरी गरेर सञ्चालन गरेपछि मंगलबार लिखित आदेश नै दिएको हो ।
नदीमा अबैद्य रुपमा बाँध बाँधेर मोटरबोट चलाएको भन्दै नीतिगत शर्तहरु पालन गर्न निर्देशन दिइएको हो । मोटरबोट चल्दा दर्शकहरुको घुँइचो लाग्दा पुल पनि जोखिम अबस्थामा रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।



उनले जलयात्रा नियमावली २०६३ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०६३ एवं प्रचलित कानुन बमोजिमका प्राबधानहरु पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन गरेको छ ।
लाइभदाङ । २ बैशाख २०८२, मंगलवार ०९:३२ बजे