
तुलसीपुर, २९ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुरस्थित भाइरल पुल नजिक बबई नदीमा सञ्चालित मोटरबोट रोक्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्सालका अनुसार सम्बन्धित निकायबाट अनुमति नलिएको, सुरक्षाको अबस्था पनि कमजोर भएको तथा बीमा पनि नभएकाले बन्द गर्न निर्देशन गरेको बताए । यो कुरा पर्यटजसंग मात्रै भन्दा पनि सुरक्षासंग पनि जोडिएको भन्दै यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
कुनै पनि निकायबाट अनुमति नलिएर त्यहाँ मोटरबोट सञ्चालन गरिएको थियो । बबई नदी थुनेर मोटरबोट चलाएपछि स्थानीयले विरोध पनि जनाएका थिए । स्थानीय मोती सामुदायिक बनसंग सम्झौता गरेर मोटरबोट चलाईएको थियो ।
मोटरबोट सञ्चालनमा आएपछि त्यसमा आकर्षण भने बढेको थियो । युवाहरुलाई पनि स्वरोजगार पनि बनाएको थियो । यद्यपी सुरक्षा र अनुमति नलिएपनि त्यसलाई चौतर्फी विरोध भएको थियो ।



लाइभदाङ । २९ चैत्र २०८१, शुक्रबार २२:०३ बजे