बबईको १५ सैया अस्पताल : जो दुई पटक सिलन्यास भयो, एक बर्षमा पनि ठडिएनन् पिल्लर

दाङ
२९ मङ्सिर / गएको बर्ष मंसिर१५ मा सरकारले देशभर एकै साथ १५ सैयाको अस्पतालको सिलन्यास ग¥यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीले एकैसाथ अस्पतालहरुको सिलन्यास गरेका थिए ।

सोही बेला उद्घाटन भएको दाङ बबई गाउँपालिकाको १५ सैयाको अस्पताल पुनः यस बर्ष पनि सिलन्यास भएको छ । त्यतिबेला हाल लुम्बिनी प्रदेशकी राज्य मन्त्री विमला कुमारी खत्री(वली)ले सिलन्साय गरेकी थिईन । सिलन्यास भएको एक बर्षमा पनि कुनै काम अघि बढेन । पिल्लर समेत ठडिएनन् । त्यसको ठीक एक बर्ष पछि शुक्रबार पुनः सोही स्थानमा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले सिलन्यास गरे ।

सन्तोषजनक देखिएन प्रगति
जुन अस्पताल निर्माणको काम निकै सुस्त गतिमा छ । एक बर्षमा पिल्लर समेत ठडिएका छैनन । भर्खरै भिल्ड निर्माणको काम भइरहेको छ । प्रतिष्ठा क्षितिज ज्ञानज्योति जेभि निर्माण कम्पनीले ठेक्का पाएको छ । सोही कम्पनीका सञ्चालक कृष्णप्रसाद चौलागाइले बजेट अभाबका कारण निर्माण कार्यमा विलम्ब भएको बताएका छन् ।‘कोरोनाका कारणले पनि निर्माण कार्य ढिलाई भयो, अर्को तर्फ हामीसंग बजेट पनि न्यून भयो, अहिले आफ्नै पैसा हालेर पनि काम अगाडी बढाएका छौं’, उनले भने‘त्यसले गर्दा पनि काममा विलम्ब भएको हो ।’

सबै कुरा सहज भएमा एक बर्ष भित्र निर्माण पूरा गसिसक्ने उनको भनाई छ । उनका अनुसार अहिलेसम्म केन्द्रबाट ८० लाख मात्रै बजेट आएको र त्यहीले नपुगेपछि डेढ करोड आफूले खर्च गरिसकिएको छ । अन्य स्थानीय तहमा ३÷४ करोड बजेट आउँदा आफ्नो स्थानीय तहमा ८० लाख मात्रै आएकाले ढिला भएको उनको भनाई छ ।


यो विषयमा सम्बन्धित सबै निकायमा भनिसकेको समेत उनले बताए । उक्त भवन निर्माणकालागि ७५ वटा पिल्लर हाल्न लागिएको छ । निर्माण कार्य ढिला भएपछि लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी(खत्री) वलीले अनुगमन गरेर छिटो काम सक्न ठेकेदारलाई निर्देशन दिएकी छिन् ।

साढे १० करोडको लागतमा उक्त अस्पताल निर्माण हुन थालेको हो । गएको बैशाखमा निर्माणको सम्झौता भएको हो । तीन बर्षमा सक्ने सम्झौता भएको भन्दै अब सम्झौता सकिन दुई बर्ष मात्रै बाँकी रहेकाले छिटो काम अघि बढाउन राज्यमन्त्री वलीले निर्देशन दिएकी हुन् । साभार : अग्रिम साप्ताहिक

May be an image of 5 people, people standing, outdoors and text