डा. घोडासैनीको संस्कृत विश्वविद्यालयको यात्रा

टेकराज भण्डारी
डा.खगेन्द्र घोडासैनीको जन्म २०३७/८/२७ गते ढकारी–८, घोडासैन, माजी, अछाम जिल्लामा भएको हो । पिता स्व. उदयराम उपाध्याय तथा माता स्व.कौसिला देवी उपाध्यायको सुपुत्रका रूपमा डा. खगेन्द्र घोडासैनीको जन्म भएको हो । उनको बाल्यकाल सामान्य तरिकाबाट बित्यो । उनी गाउँको मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । उनको बुबाले पण्डित, ज्योतिषी, तन्त्रमन्त्र झारफुक र औषधी उपचार गर्नुहुन्थ्यो । बुबाको नाम मात्रैले पनि उनलाई जहा जाँदा पनि सबैले माया गर्थे । २०४० सालमा सुदूरपश्चिममा परेको भीषण वर्षाले भातखाने खेत बगाएपछि उनको बुबाले सुर्खेत बसाइँ सार्नु भएको हो । उनी ९ वर्षको छँदा आमा बित्नु भयो ।

उनले भने “आमाको छत्रछाया रहँदा दिन कसरी बिते पत्तै पाइएन । एक जना गुरुले गृहकार्य दिनुभएको थियो । गुरुले दिनुभएको गृहकार्य आफूले कति तयार गरेको छु भनेर साथीको घरबाहिर साथीसँग गफ लाउँदै थिएँ । गुरु साथीको घरभित्र हुनुहुँदो रहेछ । उहाँले सबै सुनिरहनुभएको रहेछ । यो कुरा गुरु बाहिर निस्केपछि थाहा पाएर निकै लाज माने । विद्याप्रबोधिनी विद्यालय घोडासैनामा कक्षा १ मा भर्ना भए । एक कक्षामा शिक्षकको भूमिका निर्वाह गरे ।

जगन्नाथ मावि बिजौरा सुर्खेतमा २ कक्षामा पढ्दा एक दिन कक्षामा शिक्षक कोही आउनुभएको थिएन । त्यतिबेला कक्षामा शिक्षक बस्ने कुर्सी हुन्थ्यो । शिक्षकको कुर्सीमा विद्यार्थीहरु गएर बस्ने प्रतिस्पर्धा चल्यो । म पनि बस्न गएँ । अर्को साथीले हात समातेर तान्दै उठाउन खोज्यो म उठिनँ । मैले हाफ पाइन्ट लगाएको थिएँ । मेरो घुँडामुनी कुर्सीमा लगाएको फलामले काट्यो । रगताम्मे भयो । त्यसपछि कुर्सी कोही बसेनन् । खेल्ने, बिदामा बनजङ्गलमा जाने, कर्णाली नदीमा गएर पौडी खेल्ने थुप्रै रमाइला घटनाहरु छन् ।”

उनले कक्षा १ मा विद्याप्रबोधिनी मावि घोडासैन पढे । त्यसपछि उनले कक्षा २ देखि ४ सम्म बिजौरा, सुर्खेत पढे । ५ देखि ८ सम्म महर्षि वेदविज्ञान विद्यापीठ, नोयडा भारत पढे । कक्षा ९ देखि १२ सम्म वि.सं. २०५०–२०५४ सम्पूर्णान्द संस्कृत विश्वविद्यालय पढे । एक बर्से बिएड तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको याज्ञवल्क्य विद्यापीठ पढे । एम.ए २०५८–२०६० र एम.एड २०६०–२०६२ पास गरे । नेपाली, पिएच.डी. भाषाविज्ञान २०६७–२०७२ त्रिभुवन विश्वविद्यालयबाट गरे ।

उनले दाङ तुलसीपुरमा रहेको लिटिल हेभन बोर्डिङमा पढाउन सुरु गरे । काठमाडौँको बनस्थाली नजिक रहेको एलिगन्ट स्कुलमा पढाए । बबई बहुमुखी क्याम्पस गुलरिया बर्दिया २०६१ मंसिर १ गतेदेखि २०६५ फागुन २५ गतेसम्म सहायक प्राध्यापक त्रिविको सम्बन्धन प्राप्त क्याम्पस जुम्ला बहुमुखी क्याम्पसमा पढाए । २०६५/११/२६–२०६९/३/०७ सम्म शिक्षण सहायक त्रिविको आङ्गिक क्याम्पस पढाए । उनी अहिले कार्यरत नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ बिजौरीमा छन् ।

उनले १० कक्षा पढ्दै गर्दा शिक्षक र पछि क्याम्पसमा पढ्दा प्राध्यापक बन्ने लक्ष्य लिएका थिएँ । उनी अहिले त्यहीँ लक्ष्यमा हिँडिरहेका छन् । उनको परिवारमा श्रीमती मिना गौली घोडासैनी र दुई छोरी छन् ।

उनको बुझईमा “जीवन घामछाया हो । सुख दुःख दुबै जीवनमा आउँछन् तर हरेस नखाई निरन्तर संघर्ष गर्नुपर्छ । लगनशीलताले नै सफलता हासिल हुन्छ ।”, बाँकी जीवन आफूले अँगालेको जीवन दर्शनलाई आफ्नो जीवनमा लागु गर्ने । पढाउने, पढ्ने, लेख्ने गरि बिताउने उनको चाहाना छ ।


योगदानः
अछामी भाषा र नेपाली भाषा, लोक साहित्य, लोक संस्कृति, लोक परम्परा र राजी जातिसँग सम्बन्धित विषयमा करिब पाँच दर्जन जति अनुसन्धान तथा खोजमूलक लेख रचनाहरुको प्रकाशन ।

प्रकाशित कृतिः
– अनुसन्धानात्मक र समीक्षात्मक लेखहरू : नेपाली भाषा, साहित्य, संस्कृति, लोकसाहित्य र समीक्षाहरू
– अछामी गालीको अध्ययन– २०६७ पहिलो र २०७७ दोस्रो संस्करण
– कथाको रचनाविधान–२०७७
– अछामि भासाको ब्याकरड्–२०७७
– नबजेका धुनहरू (गीतकविता सङ्ग्रह)– २०७७
– कोसेली (संयुक्त गजल सङ्ग्रह)– २०७७

प्राप्त गरेका पुरस्कार तथा मानपदवीः
– वि.सं. २०७३ मा क्षेत्रीय प्रतिभा पुरस्का २०७२ (संस्कृति विधा)
– अध्ययनका सन्दर्भमा क्याम्पसमा भएका विभिन्न कविता, वक्तृत्वकला, वादविवाद र गीत लेखन र गायनका पुरस्कार प्राप्त
– २०६१ त्रिचन्द्र बहुमुखी क्याम्पसद्वारा नेपाली विषयमा सर्वेत्कृष्ट पुरस्कार

मानसम्मान तथा प्रशंसा–पत्र :
–नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट सुदूरपश्चिमबाट क्षेत्रीय प्रतिभा पुरस्कार (२०७२)
– नेपाल विद्याभूषण पदक ‘क’ (२०७४)
– नरराजु मोबरा पुरस्कार (२०७८)

पाठ्यपुस्तक
१. भाषा सारथि (कक्षा १ को पाठ्यपुस्तक) सहलेखन

सम्वद्धता:
१. आजीवन सदस्य : बर्दियाली साहित्य समाज (२०६१) र टीकापुर प्राज्ञिक समाज (२०७१)।
२. अभियान कर्ता एवं प्रथम संयोजक : ‘सिर्जना चक्र’, (२०६२–२०६३) ।
३. प्रलेस बर्दिया शाखाको सचिव (२०६५)।
४. सदस्य : अनुसन्धान व्यवस्थापन एकाइ – जनता विद्यापीठ, बिजौरी, दाङ (२०७६–२०८९)
५. विभागाध्यक्ष : नेपाली विभाग, जनता विद्यापीठ (२०७६–२०७९) ।
६. सदस्य : नेसंवि, नेपाली विषय समिति – २०७७
४. संयोजक : अनुसन्धान व्यवस्थापन एकाइ – जनता विद्यापीठ, बिजौरी, दाङ – २०७९
६. भाषा विशेषज्ञ : नेपाल राष्ट्रबैंक ।
सम्मानः
१. जैमिनीय प्रकाशन समूह, टिकापुर–२०७३
२. टिकापुर प्राज्ञिक समाज, टिकापुर–२०७७

नेपाली भाषा र साहित्यमा दिएको योगदान :
१. नेपाली भाषा र साहित्य लेखनमा निरन्तरताको अवधि २०५६–२०८० जम्मा : २४ वर्ष, राष्ट्रिय पत्रिकामा प्रकाशन सुरु, स्थानीय पत्रिकामा कविता, गजल, गीत र साधारण लेख प्रकाशन ।

नेपाली भाषालाई प्रविधिमा रुपान्तरण गर्ने काम
२०७७ सालमा कोरोनाका कारण आर्थिक सामाजिक र शैक्षिक क्षेत्रमा निकै ठुलो प्रभाव पर्‍यो । शिक्षा क्षेत्रमा अनलाइनबाट पढाउन सुरु गर्ने कामको थालनी भयो । आफूले लेखेका लेख र अरु शैक्षिक सामग्री विद्यार्थीहरुसमक्ष पुर्‍याउने माध्यमका रुपमा विद्युतीय माध्यमलाई सहारा बनाउनुपर्ने देखियो । त्यसैले आपूर्तिका लागि www.ghodasainik.blogspot.com नाम गरेको नेपाली भाषा साहित्य र लोकसाहित्यको ब्लग बनाएर विद्युतीय माध्यमबाट देशविदेशमा रहेका नेपाली भाषा साहित्यका पाठकहरुसमक्ष पुर्‍याएका छन् ।