दंगीशरण,९ पुस।
दंगीशरण गाउँपालिकाका लेखा अधिकृत सोमराज डांगीको विदाई गरिएको छ । गाउँपालिकाको सभाहलमा आज विहिबार एक कार्यक्रमका बिच सेवा निवृत भएर जान लाग्नु भएका अधिकृत डांगीको विदाई कार्यक्रमको आयोजना गरिएको हो । ३० वर्ष सम्मनिजामती कर्मचारी भएर जनताको सेवा गरेका अधिकृत डांगी दंगीशरण गाउँपालिकामा रहदा नै सेवा निवृत भएपछि विदाई गरिएको हो । उहाँ दंगीशरण गाउँपालिकामा २ वर्ष ८ महिना लेखाअधिकृत भएर सेवा दिनुभएको हो । सरल, लगनशिल र मिजाशिला स्वभाव भएका अधिकृत डांगी लेखाको कामलाई पारदर्शि तरीकाले निर्वाह गर्नुभएको थियो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवा ग्राहिहरुको माग र समस्यालाई मध्यनजर गर्दै कामलाई चुस्तदुस्त तरिकाले सम्पन्न गर्न मूख्य भूमीका निर्वाह गर्नुभएको थियो । अधिकृत डांगीलाई गाउँपालिकाको तर्फबाट थारु हस्तकला डेल्वामायाको चिनो प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष भागिराम चौधरी,उपाध्यक्ष पिमाकुमारी खड्का र प्रमुख प्रशासकियअधिकृत खिमबहादुर खड्काले उक्त मायाको चिनो प्रदान गर्नु भएको थियो ।
सो अवसरमाअध्यक्ष चौधरीले लामो समयसम्म गाउँपालिकामा रहेर गाउँपालिकाको कामलाई सफल तरिकाले सम्पन्न गएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । सेवानिवृत भएर बसेपनि सधैँ साथ र सहयोगको अपेक्षा गर्नुभयो । दुई वर्षको अन्तरालमा पारदर्शी तरिकाले काम गरेकालेआफुलाई पनि सहज भएको र काम गर्ने क्रममा भएका तिता पलहरुलाई विर्सन आग्रह गर्नुभयो । विदाई कार्यक्रममा उपाध्यक्ष पिमा खड्काले धेरै वर्ष सरकारी काममा दख्खलब्यक्ती भएकाले आफु लगाएत सबै जनप्रतिनिधिलाई विस्वास भएको बताउँनुभयो । “हामीले एक सक्षम लेखा अधिकृत पाएका थियो । कामलाई नियालेर हेर्न परेको थिएन । विश्वासमै काम सम्पन्न भएका थिए ।” उपाध्यक्ष खड्काले भन्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्काले धेरै समय आफुले नविताए पनि थोरै समयमा उहाँसंगको सहकार्य राम्रो रहेको बताउँनुभयो । बाकि रहेकाकामपनि समय समयमा सल्लाह, सहकार्य गरेर अगाडि बढ्ने बताउँनुभयो ।
सो अवसरमा प्रवक्ताविर बहादुर वलीले पहाड देखि तराई सम्म विभीन्न जिल्लामा रहेर काम गरेका एक सक्षम कर्मचारी गाउँपालिकाले पाएको भन्दै सेवा निवृत भए पनि आगामि दिनहरुमा पनि साथ , सल्लाहको अपेक्षा गरेको बताउँनुभयो । साथै उहाँको काम गर्ने शैली फरक भएकाले पनि सिंगो गाउँपालिकाको काम सहज सरल तरिकाले सम्पन्न भएको बताउँनुभयो । कर्यक्रममा शिक्षा शाखा प्रमुख विनोद अधिकारीले उहाँबाट सिकेको कुरालाई आफुले अवलम्वनगर्दै जाने बताउँनुभयो । कामको हिसावले धेरै परीपक्व भएकाले धेरै कुरा सिकेको भन्दै सेवा निवृत जिवनको शुभकामना ब्यक्त गर्नु भयो । बिदाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले फुलमाला र मायाको प्रदान गर्नु भएको थियो ।
यसैबिच सो अवसरमा सव ईञ्जीनीयर भुमप्रशाद बोहोरालाई स्वागत गरिएको छ । सुनील स्मृती गाउँपालिकाबाट सरुवा भएका आएका सव ईञ्जीनीयर बोहोरालाई गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमाकुमारी खड्का र प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्काले एक कार्यक्रमका बिच स्वागत गर्नुभएको हो । कार्यक्रमको शहजीकरण प्रशासन शाखा प्रमुख यादव डांगीले गर्नुभएको थियो ।
लाइभदाङ । ८ पुष २०७८, बिहीबार १९:२३ बजे