आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्थाः अध्यक्ष लिंग्देन

शरद रेग्मी

दाङ ८ पुस ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्था
सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताउनुभएको छ ।

रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार
कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । ‘हामीले आन्दोलनबाटै
वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्ने
छौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुने छ’, रिपोटर्श
क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उहांले भन्नुभयो ।
यसकालागी नेपाली जनता आतुर रहेको पनि उहांको अभिव्यक्ति थियो ।


त्यसै गरी कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा
उहांले कुनै प्रतिक्रिया दिनुभएन । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका
कुराहरुको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्न, त्यो त जनताले
स्वयम प्रतिवाद गरीसकेका छन्’, साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिंग्देनले
भन्नुभयो । त्यसै गरी अहिले चर्चामा रहेको एमसिसिका विषयमा पनि राप्रपाले
चांडै आफ्नो आधिकारीक धारणा बनाउने उहांले स्पष्ट पार्नुभयो ।

‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस,
त्यसपछि मात्रै आवस्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उहांले भन्नुभयो ।
मुलुकमा धेरै महत्वाकांक्षि विकाश निर्माणका योजनाहरुले गति लिन नसकेको
अवस्थामा यति सानो जम्मा ५५ अर्वको परीयोजनामा यतिधेरै टिकाटिप्पणि पनि
आवस्यक नभएको उहांले बताउनु भयो । ‘यति सानो सहयोगले पनि मुलुकको
स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आच आउनु
हुंदैन भन्ने हाम्रो मान्यता हो’उहांले भन्नुभयो । कार्यक्रमको सहजीकरण
क्लवका महासचिव विमल गौतमले गर्नुभएको थियो ।