शहीद दिवसमा जेसिज चोकमा दिप प्रज्वलन

शर्मिला डिसी
दाङ, १६ माघ ।
तुलसीपुर नगर जेसिजले शहिदहरुको सम्झनामा तुलसीपुरको जेसिज चोकमा दिप प्रज्वलन गरेको छ । अध्यक्ष पुर्णविक्रम डाँगीको अध्यक्षता एवं तुलसीपुर उपमहाँनगरपालिका वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ईश्वरी देवकोटा को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी शाहले सहिदहरूको बलिदान वाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र विकास गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सवै लाग्नुपर्नेमा जोड दिनुभयो । यो नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने शाहको भनाई थियो । सो अवसरमा जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेलले सहिदको योगदानको चर्चा गर्दै देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेकोले यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो ।