दंगीशरणमा थारु मतहवाहरुकालागि मुलुकि देवानि सहिता सम्बन्धि तालिम

प्रमोद आचार्य
दंगीशरण, १४ माघ ।
दंगीशरणमा थारु मतहवाहरुकालागि आयोजना गरीएको २ दिने मुलुकि देवानि सहिता सम्बन्धि २ दिने तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरीएको छ ।

प्राचिन शृजनसिल आदीवासी समाज बर्दियाको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहजिकरणमा गाउँपालिका भित्रका दंगीशरण गाउँपालिकाभरका मतहवाहरुका लागि २ दिने मुलुकि देवानि सहिता २०७४ सम्बन्धि तालिमको शनिबार एक कार्यक्रमकाबिच समापन गरीएको हो । मतहवा संघ दंगीशरणका अध्यक्ष जगतराम चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तालिमको समापन गरीएको हो ।

स्थानिय वडामा रहेको अधिकार सरह मतहवाहरुमा समेत धेरै अधिकार रहेको बताउदै अध्यक्ष गिरीले कानुनको परीधिभित्र रहि कामकुरा अगाडि बढाउन आग्रह गर्नुभयो ।


हरेक गाउँमा न्यायाधीश सरहा भुमिकामा रहने मतहवाहरुको भुमिका उल्लेख्य हुने भएकाले पनि मुलुकि देवानि सहिता ऐन २०७४ सम्बन्धि जानकार रहन आग्रह गर्नुभयो ।

तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पिमा वली खड्काले स्थानीय सरकार जस्तै ग्रास लेवलमा मतहवाहररू रहने भएकाले बुझेर सहितालाई टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो । थारुजातीहररू एकै थलोमा बसेकाले र टोल तथा गाउँघरमा निरोपण भएकै कारण सबैभन्दा कम उजुरी पर्ने गरेको उपाध्यक्ष खड्काले बताउनुभयो । २ दिने तालिममा सहभागी मतहवाहरुका लागि प्रमाणपत्र समेत प्रदान गरीएकोथियो ।