स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्यक्रम

दिप्तीशिखा चौधरी,


दंगीशरण,७ पुस  ।
स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम दंगीशरण गाउापालिकामा सम्पन नभएको छ ।
कार्यक्रममा योजना शाखा प्रमुख तथा कार्यक्रमका प्रशिक्षक लेखनाथ आचार्यले योजना तर्जुमाका७ चरणहरुका बारेमा प्रशिक्षण दिनु भएको थियो । जसमा वजेटको पूर्व तयारी, स्रोत अनुमान तथा वजेट समिति निर्धारण, वस्ती तहका योजना छनौट, वडा तहमा योजनाको छनौट तथा प्राथमिकिकरण, वजेट तथा कार्यक्रम तर्जुमा, गाउँवानगर कार्यपालिकाबाट वजेट तथा कार्यक्रम स्वीकृती र गाउँ वा नगर सभाबाट वजेट तथा कार्यक्रम स्वीकृती लगाएतका विषयमा जानकारी गराउँनु भएको थियो । आयोजना प्राथमिकिकरणका आधारहरुका विषयमा समेत जानकारी गराउँनुभयो ।
यस्तै कार्यक्रमअधिकृत किरण पोख्रेलले वार्षीक योजना तथा वजेट तर्जुमाकाआधारहरु, वार्षीक योजना तथा वजेट प्राथमिक्ताहरु लगाएतका विषयमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा सहभागी खड्कविर चौधरीले कार्यक्रमले पूर्नताजकि गराएको भन्दै अवका दिनमा स्थानीय तहलाई झक्झक्याउँन सकिने भनदै नागरीकमूखी कार्यक्रम राख्न माग गर्ने बताउँनुभयो । वस्ती तहका योजनाहरु छनौटगरि गाउँपालिकामा पेस गर्ने बताउँनुभयो । यस्तै सहभागि विजया चौधरीले पहिले पनियी यस्ता कुराहरु सिकिसकेको तर चासो नदिएका कारण स्थानीय तहमाआफुले पाउँने हक अधिकार बाट बञ्चित भएको बताउँनुभयो । भौतिक विकास संगै सामाजिक र मानविय  विकासका लागि योजना बनाउँन पहल गर्ने बताउँनुभयो ।
कार्यक्रममा उपाध्यक्ष पिमा कुमारी खड्काले नागरीकहरुका लागि ब्यवसायीक, उत्पादन मूलक योजना छनौट गर्नु पर्ने,गरिवि निवनरणमा टेवा पुर्याउँने खालका योजनाहरु लाभदायीक योजनाहरु कतीपय संचालन भईसकेको र कतीपय भईरहेकाले यसलाई सदुपयोग उपयोगमूखी कसरी बनाउँने भन्नेमा लाग्न आग्रह गर्नुभयो । नागरीकहरु अव पनि जागरुक भई आफना आवश्यक्ता अनुशार योजना ल्याउनआग्रह गर्नुभयो । केहि नयाँ कामको थालनी गर्नका लागि गाउँपालिकामा सहभागिता जनाउँने देखि लीएर निति नियमका बारेमा पनि बुझ्न जरुरी रहेको बताउँनुभयो । दंगीशरण गाउँपालिकाको आयोजना तथा महिला पुन स्थापना केन्द्र ओरेक परियोजना कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्नभएको हो । कार्यक्रमको शहजीकरण ओरेकका भरत वलीले गर्नुभएको थियो ।