कसरी हेर्ने एसईईको नतिजा ?

काठमाडौं,२८ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, केहीबेरपछि नतिजा सार्वजनिक हुन लागेको हो । विद्यार्थीहरूले ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताएका छन् ।

अहिले परीक्षा बोर्ड बाहिर विद्याथी र अभिभावहरू पनि जम्मा भएक छन् । यसअघि नै परीक्षा बोर्डले बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भने गरिसकेको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।


जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR  सेवा)
–जानकी टेक्नोलोजी:३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु:३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स:  www.ekantipur.com
–इडियु सञ्जाल:www.see.edusanjal.com
–खल्ती:https://khalti.com/app