राष्ट्रिय सेवा दलको प्रर्दशनीमा गुरुकुल एकेडेमी उत्कृष्ट

दाङ २० फागुन ।

राष्ट्रिय सेवा दल एनसीसीको प्रशिक्षण तथा प्रर्दशनीमा दाङको गुरुकुल एकेडेमी उत्कृष्ट भएको छ ।

नेपाली सेना अन्तर्गत नवलपरासीमा भएको राष्ट्रिय सेवा दलको प्रशिक्षण तथा प्रर्दशनीमा चारवटा विधामा उत्कृष्ट प्रर्दशनी गर्दै गुरुकुल एकेडेमी प्रथम भएको हो ।


देशभरका १७ विद्यालयको सहभागी रहेको तालिममा विद्यालयले चारवटा ट्रफी हात पारेको छ । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीका अनुसार बेष्ट प्लाटुन, बेष्ट स्पिकर, बेष्ट डान्स् र बेष्ट क्याडेट छात्रतर्फ गरी चारवटा विधामा उत्कृष्ट हालिस गरेको हो । बेष्ट स्पिकर तर्फ विद्यालयका सुभम् पोख्रेल र बेष्ट क्याडेट छात्रतर्फ सुलभ खनाल उत्कृष्ट भएका छन् ।   शुक्रवार  नवलपरासीमा भएको समापन कार्यक्रममा विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

विद्यालयमा भएको ३५ दिनको एनसीसी तालिम पश्यात ३६ जना विद्यार्थी १५ दिनको प्रशिक्षणका लागि नवलपरासी पुगेका थिए । एनसीसीको प्रशिक्षकको रुपमा रिमबहादुर गुरुङ र भरत सुनार रहेका थिए । त्यस्तै विद्यालयकी शिक्षिका सुशिला पोख्रेल र अभिषेक चतुर्वेदीको समन्वयकारी भूमिका रहेका थियो ।
प्रर्दशनीमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई विद्यालयले बधाई दिएको छ ।