तुलसीपुर महोत्सवमा ३ सय बढिले लिए स्वास्थ्य सेवा

तुलसीपुर, ७ पुष ।


        तुलसीपुरमा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा ३ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । सचिवालयमा राखिएको हेल्प डेक्समा अहिलेसम्म प्रेसर जाँच १ सय ४६, सुगर जाँच एक सय २४ जना, घाउ सरसफाई ६ जना र १८ जनाले अन्य सेवा लिएको तुलसीपुर महोत्सवका स्वास्थ्य संयोजक भागवत कमला पुरीले जानकारी दिनुभयो ।
महोत्सव स्थलको सचिवालय भित्रै तुलसीपुर मेट्रो अस्पतालले महोत्सवमा आउने नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले पुष २ गतेदेखि स्वास्थ्य हेल्प डेक्स स्थापना गरेको छ । उद्योग, व्यापार, कृषी तथा पर्यटनको पर्वद्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेबाट सुरु भएको महोत्सव १२ गतेम्म संचालन हुने छ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकण गर्ने अपेक्षा लिएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिनुभयो ।