२० हजार मान्छे उतार्दैमा भुत भइसकेको राजतन्त्र फर्किदैन :पूर्वप्रधानमन्त्री भट्टराई

दाङ, १४ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताए । रिपोर्टस् क्लब दाङले विहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले लोकतन्त्रको विकल्प उन्नत खालको लोकतन्त्र भएको समेत बताए ।

“रोग एकातिर लागेको छ, अर्को पट्टी उपचार गरेर हुँदैन, मरिसकेको राजतन्त्र फेरि आउने भन्ने हुँदैन, राजतन्त्र भुत भइसक्यो”,उनले भने “जनताले यत्रो परिश्रम गरेर ल्याएको गणतन्त्र उल्टिने भन्ने असम्भव कुरा हो ।” उनले मुलुक भित्रको राजतन्त्रको बहसमा बाह्य शक्ति राष्ट्रहरुले पनि चलखेल गर्न खोजिरहेको बताए । यस्तो अबस्थमा बलियो राष्ट्रिय एकता बनाउन आबश्यक रहेको भट्टराईको भनाई थियो ।

२० हजार मान्छे उतार्दैमा राजतन्त्र आउछ, भन्ने कुरा गलत भएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर अपूर्णतालाई पूर्णता दिने कुरामै ध्यान दिने कुरा नै अहिलेको बहस र आबश्यकता रहेको बताए ।


उनले मुलुकमा स्थायी सरकार निर्माण नहुँदा पनि जनतामा वितृष्ण पैदा भएको भन्दै प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री, प्रत्येक्ष निर्वाचित मुख्यमन्त्रीको ब्यबस्था हुनुपर्ने बताए । त्यसो हुँदा अहिलेको समस्या हट्ने उनको विश्वास छ ।

साथै विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनु पनि गलत भएको बताए । यस्ता कुरामा राजनीतिक हस्तक्षप हुन नहुँने बताउनुभयो। त्यसकालागि संयन्त्र बनाउनु पर्ने समेत बताए । संयन्त्र बनाएमा सरकारको पनि हस्तक्षप नहुँने र राम्रो मान्छेले स्थान पाउने बताए ।

आफू प्रधानमन्त्री हुँदा यस्तो संयन्त्र बनाएको भएपनि अहिले त्यो हटाईएको भन्दै यस्ता विवादहरु पछिल्लो समय आइरहने गरेको उनको भनाई छ ।