विद्यार्थीको पहलमा विश्वविद्यालयको परीक्षा तालिका निकालिने

तुलसीपुर,२३ साउन ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेदमा स्नातक(बाम्स)मा अध्ययनरत विद्यार्थीको पहलमा आन्दोलन भएपछि विश्वविद्यालयले परीक्षाको कार्यक्रम अगाडी बढाउने भएको छ ।

विगत दुई महिनादेखि बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि विश्वविद्यालयले परीक्षा तालिका निकाल्न र परीक्षा फल प्रकाशन गर्न सकेको थिएन ।

त्यसैलाई मध्येनजर गरि चौवे लगायतको पहलमा आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुले सोमबार धर्ना दिएका थिए । तर, त्यसलाई कुनै चासो नदिएपछि मंगलबार रजिष्ट्रारको आवासमा गएर दवाव सिर्जना गरेका थिए । सोही दवावको फलस्वरुप अबको तीन दिन भित्रमा परीक्षा तालिका सार्वजनिक गर्ने र परीक्षाफल प्रकाशन गर्ने सहमति भएको चौवेले बताए ।


‘लाखौं खर्च गरेर विद्यार्थीहरु पढ्न आएका हुन्छन्, तर, तालाबन्दीको नाममा विद्यार्थीहरुको भविष्य माथि खेलवाड हुन थाल्यो’,उनले भने‘यो विद्यार्थीकालागि सह्य नभएपछि हामीले पहल लिएर आन्दोलन गरेपछि यो उपलब्धी हाँसिल भयो ।’

विद्यार्थीको मेहनतमा याे उपलब्धी हाँसिल भएपनि आमुक विद्यार्थी स‌ंगठनहरुले श्रय लिन खोजेकाे भन्दै विद्यार्थीहरुले आपत्ति पनि जनाएका छन् ।