
दाङ, ९ चैत ।
दाङमा शनिबार (आज) बिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको रहेका छन् ।
गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल ठोक्किएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक रोकायले बताए ।
दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भिर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ९ चैत्र २०८१, शनिबार ०८:२३ बजे