तुलसीपुर खानेपानी निर्वाचनले दिएको सन्देश : एक हुन खोजेको जस्तो देखिने काँग्रेस, सुधारात्मक माओवादी

दीपक बोहरा
दाङ, ६ चैत ।
तुलसीपुरका हरेक निर्वाचनमा काँग्रेसबीचमा फाटो नै आउथ्यो । तुलसीपुरकै राप्ती बबई क्याम्पसमा पनि काँग्रेसबीचमा नै लडाई छ । काँग्रेस एक जुट नहुँदा काँग्रेस–काँग्रेस निकट विद्यार्थी संगठनबीच नै चुनावी प्रतिस्पर्धा हुँदैछ । काँग्रेसबीचको कटुताले पूर्व सांसद गेहेन्द्र गिरीले दुई पटक तुलसीपुर उपमहानगर–पालिकाको प्रमुखको चुनाब हारेका छन् । प्रमुख त काँग्रेसका नेता दिपक गिरी र गेहेन्द्र गिरीबीचको आन्तरिक द्वन्दले चुनाबलाई निकै प्रभाव पार्थ्यो ।

तर, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा भने सचेत ढंगले एक जुट हुँदा सचिब बाहेक सबै पदमा विजयी हासिल गर्न सफल भए । यसले दिएको काँग्रेस एकजुटको सन्देश बबई क्यामपसको स्ववियु निर्वाचनले भने चि¥यो । “गेहेन्द्र गिरी र दिपक गिरीकै छायामा तुलसीपुरमा दोस्रो र तेस्रो तहका नेताहरुबीच अन्तरद्वन्द भइरहेको छ”, एक काँग्रेस नेताले भने “तुलसीपुर खानेपानीमा केही मिल्न खोजिरहेको थियो, त्यहाँ पनि सचिबले हारेपछि तरंग पैदा भएको छ, स्ववियुमा पनि त्यस्तै देखिाएको छ ।” खानेपानी निर्वाचनले एक हुन खोजेको जस्तो देखिए पनि पूर्ण रुपमा एक हुन भने सकेको छैन । काँग्रेस एकजुट हुँदा यस क्षेत्रका सबै राजनीतिक दलहरू मिल्दा पनि जित्न सक्ने अवस्था रहदैन । तर, विगतदेखि काँग्रेसले हार ब्यहोर्दै आएको छ । कहिल्यै काँग्रेस–काँग्रेस आमुनेसामुने भएर त, कहिल्यै आन्तरिक घात हुँदा पटक–पटक काँग्रेस हार ब्यहोर्दै आउछ ।

माओवादीको सुधारात्मक मत
तुलसीपुरमा माओवादी तेस्रो पार्टी हो । तुलसीपुर खानेपानीकै सन्दर्भमा पनि माओवादी केन्द्रको करिब एक हजार मतको आँकलन थियो, भने माओवादीसहितको गठबन्धनको मत आँकलन गर्दा १५ सयसम्मको आँकलन गरिएको थियो । गठबन्धनमा अध्यक्ष बाहेक सबै उम्मेदवारले १२ सय भन्दा केही बढि मत ल्याए । त्यही मत नै गठबन्धनको‘पेवर’मत रहेको आँकलन भयो । तर, अध्यक्षमा त्यो भन्दा दुई गुणा बढि मत आयो । अध्यक्षमा दोस्रो बढि मत आयो ।

अध्यक्षमा विजयी काँग्रेसका यमकान्त भण्डारीले २ हजार ९ सय ६९ मत ल्याउँदा माओवादीका सिताराम शर्माले २ हजार तीनसय ८१ मत ल्याए । यसले पार्टीसंगै ब्यक्तीगत लोकप्रियता पनि चाहिन्छ भन्ने देखाउछ । “माओवादी सहितको दलको मत १५ सय भनेपछि १२ सय जति रहेछ”, एक माओवादी नेताले भने “ब्यक्तिगत लोकप्रियता भएपछि त्यसको दुईगुणा बढि मत पनि ल्याउन सकिन्छ, त्यसैले ब्यक्ती छनौट महत्वपूर्ण हुन्छ ।” संगठन विना ब्यक्तीको लोकप्रियताले पनि काम नदिने रहेछ, भन्ने सन्देश पनि यसले दिएको छ ।

एमाले : मत कम, हैसियत कायम
एमाले पछिल्ला तीन कार्यकाल सचिव पद आफ्नो पोल्टामा पार्दै आएको छ । यस अघि पनि दुई कार्यकाल लगातार सचिव आफ्नो पोल्टामा पारेको एमालेले अहिले पनि पुनः सचिवमा विजयी हाँसिल गरेको छ । अन्य सबै पदमा एमालेले न्यून मत ल्यायो । एमालेबाट अध्यक्षका उम्मेदवार मनोज लामिछानेले एक हजार दुईसय १३ मत मात्रै प्राप्त गरे । यो एकदमै न्यून मत हो । उनले अन्य दुई उम्मेदवारले ल्याएको मतको आधा मत पनि पु¥याउन हम्मेहम्मे प¥यो । एमालेबाट कोषाध्यक्ष शुसिला न्यौपानेले १४२३ मत ल्याएकी छन् । एमालेको मत यही पेरिफेरी हो । “कोषाध्यक्षले ल्याएको जति मत नै एमालेको हो, तर, अध्यक्षका उम्मेदवारलाई त्यो मत पनि आएन, यसरी हेर्दा एमालेबाट पनि घात त भयो होला”, एमाले एक नेताले भने “एक्लै लड्दा एमाले कमजोर भएको जस्तो देखियो ।”


सचिव बाहेक काँग्रेसले जित्यो
संस्थामा सचिव बाहेक अन्य सबै पदमा नेपाली काँग्रेसले समर्थन गरेको एमकान्त भण्डारी नेतृत्वको लोकतान्त्रिक प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका यमकान्त भण्डारीले २९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सीताराम शर्मा आचार्यले  २३८१ मत प्राप्त गरेका छन्, त्यस्तै  एमालेका मनोज लामिछानेले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका नारायण शर्माले २७०६ मत ल्याएर निर्वाचित भएका छन्, भने एमाले नेतृत्वका राप्रपाका लक्ष्मण के.सी.ले १९०३ र राजोमाका दुर्गा प्रसाद भण्डारीको १४२० मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमाले निकट भुवन भुसालले २४५१ ल्याएर निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धामा रहेका कांग्रेसका रञ्जन कुमार गौतमले २४१३ मत प्राप्त गरेका छन् । यस्तै साझा प्यानल बिप्लबका रुद्रबहादुर वलीले १०९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा नेपाली काँग्रेस नेतृत्वका भोला प्रसाद थापाले ३२६८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्, उनका  निकटतममा रहेका एमाले निकट सुशीला न्यौपानेले  १४२३ मत प्राप्त गरेकी छन्, भने माओवादी केन्द्रका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरेका छन् ।

यस्तै खुला सदस्य पदमा नेपाली कांग्रेसका प्रमोद कुमार योगी (शरद)ले २ हजार ५०७ मत ल्याएर निर्वाचित भएका छन्, यस्तै कांग्रेसकै बुद्धिराम चौधरीले २ हजार १२० मत प्राप्त गरेर निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका लुमा बुढामगर २ हजार ३ सय ८५ मतका साथ निर्वाचित भएकी छन्, भने कांग्रेसकै शुष्मा अधिकारीले २ हजार ४५९ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै कांग्रेसकै शारदा सार्कीले २ हजार १४८मतका साथ महिला सदस्यमा निर्वाचित भएकी छन् । निर्वाचनमा १० हजार ९१९ मतदातामध्ये ७ हजार १९८ मत खसेको थियो । साभारः अग्रिम साप्ताहिक