डिभाइनमा गाभियो ‘पिस पायोनियर’

तुलसीपुर, ४ चैत । दाङको तुलसीपुर स्थित डिभाइन एजुकेशन फाउन्डेशनले पिस पायोनियर इङलिस मोडेल स्कुल पनि सञ्चालन गर्ने भएको छ ।

२२ बर्ष अघि सञ्चालित पिस पायोनियर फाउन्डेसनमा गाभिएको हो । आगामी शैक्षिक बर्षदेखि डिभाइन पाठशाला नामले उक्त स्कुल सञ्चालन हुने फाउन्डेशनका संस्थापक भोजराज न्यौपानेले बताए ।


२०५१ सालदेखि उक्त स्कुल सञ्चालनमा थियो । पिस पायोनियरमा हाल कक्षा ५ सम्म पढाई भइरहेको छ । समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै पिस पायोनियरलाई डिभाइन एजुकेशन फाउन्डेसनमा गाभिएको संस्थापक न्यौपानेले बताए ।

केही दिन अघि फाउन्डेशनले नै पिस पायोनियरको २२ औं बार्षिकोत्सव मनाएको थियो ।