समाजवादी भविष्य वोकेको पार्टी रोजौं

भीमबहादुर वली
नेपाली कम्यूनिष्ट आन्दोलनमा रहेको ठूलो भ्रम चिरफारका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरियो । जस्को परिणाम आजको अवस्था हो । यसलाई सही ढंगले जनता माझ प्रष्ट्याउनु समाजवादका उत्तराधिकारीहरुको दायीत्व हो । कम्यूनिष्ट आन्दोलनमा रहेको ठुलो भ्रम चिरफारका लागि, वर्तमान अवस्था र हाम्रो ब्यवहारिक भविष्यवारे संश्लेषित बुझाई आजको आवश्यकता हो । जसका विषयमा हामीहरु प्रष्ट हुन जरूरी छ।

पहिलो कुरा नेपाली कम्यूनिष्ट आन्दोलनमा रहेको भ्रम भनेको निर्वाचनबाट दुई तिहाई जनमत प्राप्त गर्ने, संविधान संसोधन गर्ने र समाजवादी नीति तथा कार्यक्रम ल्याउन सकिन्छ भन्ने नै हो । जून कुरा चिलि र इंडोनेसियामा असफल भइसकेको ऐतिहासिक कार्यदिशाका पछि दौडनु कमजोरी नै भयो तर जनतासंग एकाकार भएर निरन्तर संघर्ष गरिरहदा प्रतिगमनलाई परास्त गर्न सफल भएका छौ, भने अर्को कुरा दुई तिहाई प्राप्त केपी सरकारले पार्टी भित्र समाजवादी नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको समयमा त्यसको काउण्टरमा २/२ पटक संसद भंग गर्ने केपीका पछी लाग्ने कुरा कति जबज सम्मत होला र ? अब जबजले समाजमा ल्याउने परिवर्तन के होला र केपीको निर्वाचन अभियान प्रष्टै छ। भ्रष्ट दलालहरूको संरक्षण गर्दै देशलाई फिजी र सिक्किमीकरण गर्नु भन्दा नयाँ कार्यदिशा एमालेमा नभएपछि कुकुरले हाड छोडेको स्तरमा एमालेलाई पु¥याउन जरूरी भैसकेकोछ । केपी दलालले संसद विघटन गर्नु पूर्व पटक–पटक स्थानीय सरकारलाई समाजवादी नीति तथा कार्यक्रमका बारेमा हामीहरूले सचेतना गराउदा पनि मानी दलालीकरण र भ्रष्टाचारीकरणतिरै आफू खुसी लाग्ने एमालेबाट आगामी निर्वाचनबाट हामीहरूले के आसा गरेर मतदान गर्ने ?

आवश्यकताको मापन गरि विकास गरिएन जहाँ कमिसन र भ्रष्टाचार सम्भव देखियो त्यहाँ बजेट विनियोजन गर्ने कार्यदिशाले गर्दा उपेक्षित र दुर्गम क्षेत्रका जनताहरू आज पनि विद्युत, सञ्चार, शिक्षा, यातायात, खानेपानी तथा सिंचाईबाट बंचित भइरहेको अबस्था छ । भने सुगम स्थानका जनताहरूलाई प्रयोग मै नआउने विकास थोपरिएको छ ।

दुर्गम क्षेत्रमा वनाएनौ तर सुगममा वनायर विद्यार्थीहरु पायनौ , प्रादेशिक अस्पतालहरू रेफर सेन्टर भैरहेका समयमा हाम्रा गाउमा भवनमा बजेट खर्च गर्छो र दुर्गमका जनता स्वास्थ्य केन्द्रमा नभई उपचारको सिलसिलामा बाटो मै मृत्युवरण गर्न बाध्य छौं । यो विडम्बना जनताहरूलाई वुझाउन जरूरी छ । स्वास्थ्य केन्द्रहरू भवनका रुपमा नभइ अत्याधुनिक ल्याव , प्रविधि र विशेषज्ञ डाक्टर तथा अपरेशन थ्रेटरका रुपमा सेवा प्रदान गर्न सक्ने गरि अगाडी बढन आवश्यक छ ।

दोस्रो कुरा कम्यूनिष्ट नाम र काम तथा सिद्धान्तमा ठुलो खाडल देखिएको छ । जसको मुख्य कारण सिद्धान्त परित्याग गरेकाहरूबाट जनताहरूलाई धोका, कम्युनिष्ट नामको वदनामी र जनताका दुश्मनहरूका अगाडी आत्मसमर्पण आदीका कारणहरूले न्यून चेतना भएका जनताहरूलाई भ्रमित गराउने काम भएको छ । आफ्नो वर्गको उत्थान केन्द्रित नेतृत्व स्वतन्त्रता पूर्वक जनताले छान्न सक्नु र जनयुद्ध,जनआन्दोलनका उपलव्धिहरू तथा संविधानको रक्षा गर्न सक्ने नेतृत्व छनोट नै आजको बस्तुगत आवश्यकता हो ।


तेस्रो समीक्षात्मक पक्ष के हो भने प्रतिगमनकारी मुख्य दुष्मन केपी एमाले विरुद्ध लडनलाई सोही स्तरको प्रतिगामी दलाल काँग्रेससंगको गठवन्धन सरकारबाट परिवर्तनको सम्भावना त छैन यदी आजको हल्लालाई सल्लाहका रुपमा चुनावी गठबन्धनमा परिवर्तनकामीहरूको पहलकदमी रहेको खण्डमा झिनो आशालाई भने हामीहरूले विर्सिनु हुँदैन । केपीको प्रतिगमन रोक्न त सफल भएका छौ तर अर्को रुपको प्रतिगमण भइरहेको छ त्यसको रक्षाका लागी आगामी निर्वाचनबाट जनपक्षीय उमेदवारको विजयसंग जोडिएको छ भने जन अधिकारको सही सदुपयोग आजको आवश्यकता देखिन्छ । जनताहरूलाई सही कुरा वुझाउन सक्ने नेतृत्वको खाँचो भने अवश्यक छ ।

अन्तमा आजको विघटन र संगठनको केन्द्रमा, राष्ट्रिय राजनीति र सन्तुलनमा,गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता, समानुपातिक, समावेशी राष्ट्रियता र संविधानको रक्षक माओवादी केन्द्र भएको कुरा दिनको घाम झै छर्लङ्ग भएको छ ।

आजका समग्र उपलब्धिहरुमा काँग्रेस र एमालेको गोरू बेचेकोसम्म साइनो छैन त्यसैले समग्र प्रतिगामीहरूको प्रतीरोध गर्दै अग्रगमनका लागी नेतृत्व गर्ने नेकपा (माओवादी केन्द्र ) वरिपरी सम्पुर्ण जनसमुदाय केन्द्रित भई समाजवादी भविष्य वोकेको पार्टी वरपर गोल्बन्द हुनु या आ–आफ्नो स्थानबाट सहयोग पुर्याउनु आजको आवश्यकता हो । (लेखक माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिबालय सदस्य हुन् ।) साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'अगिम 206कातिकश्मतेस सम्पादकीय... Agrim Weekly, 5Monday www.l livedang.co विविध ည समाजवादी भविष्य वोकेको पार्टी रोजौ सेयर बजारमा नागरिकको चासो समय बजारमा नागरिकको प्रविधिको होला, अहिले सेयर बजारमा जोडिनेको दिनप्रतिदिन अहिले आईपिओबाटै नागरिक लागि डिम्याट हुन्छ भीमबहादूर भएलगतै उत्तिकै पनि सेयर भर्नेहरुको संख्या देखाउँछ सेयर उत्साह कति कुरा सेयरबजारप्रति पहँचमा छाटो समयमै फाईदा सकिने परेमा जोखिम थपिएको प्रशिक्षण केही अधि क्याम्पस, गोरखा विद्यार्थीहरुलाई दिए इच्छुक शिक्षा शेयर शिक्षा सेयर आबद्द जाडोमा यसरी स्वास्थ्यको ख्याल सकियो, विभिन्न आबश्यक नागरिकको नागरिक सहयोगी सक्छन् यसका लागि बनाउन अकोतर्फ बजारलाई ब्यवस्थित सरकारले છે यसले नागरिकला सेयर बजारमा सहज बनाउने'