
तुलसीपुर, ४ चैत ।
दाङको तुलसीपुरमा घरको छतमा खेल्दै गर्दा घरको छतबाट खसेर १० वर्षीय बालक घाइते भएका छन् । घाईते हुनेमा कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका –९ बेलुवामा फुपुको छोरी दिदि नाता पर्ने मेनका गिरी गोसाइसंग बस्दै आएका जनक खड्का रहेका छन् ।
प्राप्त जानकारी अनुसार जनक खड्का आफ्नो घरको दोस्रो तला माथिको छतमा खेल्दै थिए। खेलिरहेको क्रममा अचानक उनको पञ्जा चिप्लिएर उनी छतबाट तल खसेका थिए। घटनामा उनको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तुरन्तै राप्ति प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पुर्याइ उपचार भैरहेको छ ।



हाल उनको अवस्था सिरियस भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्र.नि सुर्य बहादुर थापाले जानकारी दिनुभयो । घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
लाइभदाङ । ३ चैत्र २०८१, सोमबार २२:२१ बजे