सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न

तुलसीपुर, २२ असोज ।

सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १० गोलौरीमा उक्त सहकारीको साधारणसभा शुक्रबार भएको हो । सिर्जना महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु साही केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का वडाध्यक्ष सुर्य बहादुर डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सहकारी संस्थाले महिलाहरुको आर्थिक समृद्धि, नेतृत्व बिकासमा ठूलो योगदान रहेको बताएका छन । सहकारीले आर्थिक उत्पादनको मेरुदण्ड भएकोले अहिले सम्म सहकारीमा नजोडिएका सबैलाई जोडिन आग्रह समेत गरेका छन।  सहकारीमा बचत र रिन लगानी मात्र नभएर सामाजिक, आर्थिक हिसाबले मजबुत बनाउन उत्पादनमुलक काममा, सिपमुलक र रोजगारी मुलक कुरामा जोड दिन आग्रह गरेका छन ।

 

 


सुलोचना केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रमा आचार्यले गरेकी थिईन । २५ जना सदस्यहरुबाट सुरु भएको सिर्जना महिला वचत तथा ऋण सहकारी सस्थामा अहिले ६९० शेयर सदस्य रहेका छन् । सहकारीले एक कठ्ठा ५ धुर जग्गामा आफ्नै चारकोठे भवन निर्माण गरेको छ । उक्त सहकारी संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाहरुको उद्दार गरि पुनःस्थापना गर्दै आएको छ । २०६६ चैत महिना देखि सुरु भएको सहकारीले विभिन्न हिसांमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरेको छ ।

यस  सहकारी संस्थाको भवन निर्माण लगायत विभिन्न समयमा सहकारीलाई सहयोग गरेको भन्दै केशवराज डाँगी र धर्म वलीलाई सम्मानित गरिएको थियो ।