गोर्खा मावि तुलसीपुरद्वारा उपमहानगरलाई सामग्री सहयोग

तुलसीपुर, ५ दाङ ।
दाङको तुलसीपुर स्थित गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग गरेको छ । कार्यालयका सबै सामान जलेर नष्ट हुँदा सेवा प्रवाहमा समस्या भएपछि एउटा दराज, दुईवटा कम्प्युटर र एउटा प्रिन्टर सहयोग गरिएको हो । गोरखा ग्रुपका एकाडेमिक डाईरेक्टर दुर्गा केसी, प्रिन्सिपल बिजयमान जीएमलगायतले उपमहानगरपालिका प्रमुख टिकाराम खड्कालाई उक्त सामग्री हस्तान्तरण गरका हुन् ।