तुलसीपुर खानेपानी निर्वाचन अपडेट : २३२ मतले भण्डारी अगाडी

तुलसीपुर, ३ चैत । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले अग्रता कायम गरेको छ । अहिलेससम्म २६४१ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २३२ मतको अग्रता लिएका छन् ।

उनले १०९० मत प्राप्त गर्दा माओवादी केन्द्रका सीताराम शर्माले ८५८ मत ल्याएका छन् । त्यस्तै एमाले नेतृत्वका मनोज लामिछानेले ५ सय ३६ मत प्राप्त गरेका छन् ।


त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसका नारायण शर्माको ११६१, एमाले नेतृत्वका लक्ष्मण केसी ७३४ र माओवादी नेतृत्वका दुर्गा प्रसाद शर्माको ४१२ मत आएको छ ।

त्यसैगरी सचिवमा रञ्जन कुमार गौतम ९९७, भुवन भुसाल ८४३, रुद्रबहादुर वलीले ३८४ मत प्राप्त गरेका छन्, भने कोषाध्यक्षमा काँग्रेस नेतृत्वका भोला थापाले ११७९, सुशीला न्यौपानेको ६६६७ र कर्णबहादुर वलीको ४४९ मत आएको छ ।