दाङमा शनिबार दिउँसो एक घरमा आगलागी

दाङ, २ असार ।
जिल्लाको राप्ती गाउँपालिका ९ लामाखोलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हो।

घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगो घरमा सल्कदा सो घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भएको छ।

मध्यान्ह १२ बजे तिर लागेको आगो स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।


आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पिडीत घर्तीले जानकारी दिनुभएको छ।

दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ। फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन्