तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

दाङ, २ चैत ।
दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टिको कोठामा बस्ने ९ वर्षकी दिपसिखा ओली रहेको प्रहरीले जनाएको छ ।

अन्टि संगिता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपसिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिदा टाउको र मुखमा चोट लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।


बालिकाको शब घटना स्थलमै रहेको प्रहरी प्रवक्ता रानाले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर गौरीशंकर टोल देखी अटो भिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नंम्बरको खाली ट्याक्टले पैदल यात्री दिपशिखालाई ठक्कर दिदा उहाँको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।