घरको रड काट्ने क्रममा तुलसीपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

दाङ, २० असार ।

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले बताएको छ ।


नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हुँदै गरेको घरको लागि रड काट्ने क्रममा करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।