
बंशीकुमार शर्मा
होली पर्व हिन्दू धर्मको एक प्रमुख र लोकप्रिय पर्व हो । फाल्गुन शुक्ल पूर्णिमाको दिनलाई होली पूर्णिमा भनिन्छ । यो चाडलाई अति महत्वपूर्ण चाडको रुपमा अत्यन्तै हर्ष उल्लासका साथ रंगहरुको प्रयोग गरी रमाईलो गरेर मनाउने गरिन्छ । यो पर्वको विशेषता यसको रंग र हर्षोल्लासमा मात्र छैन, बरु यसले समाजमा आपसी सद्भाव, एकता र प्रेमको सन्देश पनि फैलाउँछ ।
होलीपर्व सामाजिक एकता र प्रेमको प्रतीकको रूपमा मानिन्छ, र यस पर्वको माध्यमबाट विभिन्न समुदायहरू बीचको भेदभाव मेटिन, आपसी सद्भाव र मित्रता प्रवद्र्धन गर्नका लागि अवसर मिल्दछ । होलीपर्वले जात, धर्म, लिङ्ग र सम्प्रदायको भेदभावलाई तोड्ने काम गर्छ। यो पर्व सधैं सबै वर्ग र समुदायका मानिसहरू लाई एकत्रित गर्छ । होलीको दिनमा, सबैजना एक अर्कासँग रंग खेल्न आउँछन्, र यसले सामाजिक पर्खालहरूको परिधि मेटिदिन्छ । विशेष गरी, यस्तो बेला मानिसहरू आफ्नो भेदभावलाई बिर्सेर एक अर्कासँग प्रेम र मित्रता बढाउँछन्। यसरी, होलीपर्व सामाजिक भेदभावलाई तोड्न र सामूहिक सद्भावको वातावरण सिर्जनागर्न महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले होलीपर्व प्रेम र मित्रताको पर्व पनिहो ।
रंग खेल्नु, एक अर्कालाई अबीर र रंग लगाउनु, र हास्य र हर्षमा रमाउनु यसको मुख्य विशेषताहरू हुन् । यो पर्व मानिसहरूको बीचमा सामूहिकता र भाइचारा बढाउनको लागि एक उत्तम अवसर हो। मित्र र परिवारजन बीचका सम्बन्धलाई अझ प्रगाढ बनाउनहोलीले महत्त्वपूर्ण योगदान पुर्याउँछ। यस दिनमा, मानिसहरूले पुराना रिस र रागहरु बिर्सेर एक अर्कासँग मित्रवतव्यवहार गर्छन् र आफन्तहरूको साथ रमाइलो समय बिताउँछन् । होलीपर्व प्रकृतिसँगको गहिरो सम्बन्ध राख्छ । यो पर्व फागुन महिनामा मनाइन्छ, जुन वसन्त ऋतुको आगमनसँग मेल खाँदछ ।
वसन्त ऋतुको सुन्दरता र हरियालीले मानिसहरूको हर्ष र खुशीमा योगदान पुर्याउँछ। होलीपर्वले प्रकृतिको प्रतिआभार र सम्मान प्रकट गर्दछ, र यसको माध्यमबाट मानिसहरू प्रकृति र जीवनसँगको सामंजस्यता सिक्ने अवसर पाउँछन् । सांस्कृतिक विविधता भएको हाम्रो मुलुकमा सांस्कृतिक दृष्टिले होलीपर्व विभिन्न स्थान र समुदायहरूमा फरक फरक तरिकामा मनाइन्छ । यस पर्वका विभिन्न क्षेत्रीय विशेषताहरू संगीत, नृत्य र लोककला नेपाली समाजको सांस्कृतिक धरोहरको रूपमा अस्तित्वमा छन् । होलीपर्वले यस सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्नका लागि प्रेरणा दिएको छ जसले नेपाली सभ्यताको समृद्धि र विविधता कायम राख्छ ।
होली पर्वको सुरुवात कहिलेदेखि भएको हो भनेर ठ्याक्कै मिति त उल्लेख छैन तर हिन्दु धर्मको पुराण संग प्रशंग जोडिएको छ । दैत्यराज हिरण्य कासिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्नलाई आफ्नी वहिनी होलीका जसलाई वरदान स्वरुप आगोले जलाउन नसक्ने एक प्रकारको ओढ्ना पाएकी थिइन । उनका काखमा राखी दन्किएको आगोमा बस्न लगाएका थिए । होलीकाको पापको घढा भरीसकेकोले उनको ओढ्ना प्रल्हादको शीरमा प¥यो प्रल्हाद बच्न सफल भए भने होलीका आगोमा जलिन् । शक्तिको दुरुपयोग गर्ने प्रवृति भएकी होलीका र आफूलाई भगवान भन्दा श्रेष्ठ मान्ने हिरन्यकसिपुले विधिको शासनलाई छोडेर आफ्नाे शक्तिको दुरुपयोग गर्दा आफ्नै अन्त्य भएको हो । यस पर्वको जतिधार्मिक महत्व बोकेको छ त्यतिनै सामाजिक, राजनैतिक महत्व समेत बोकेको पाइन्छ ।



एक अर्कामा भएका दुश्मनीतथा द्वैष भाव विर्षीय र उनीहरुको सम्बन्धमा सुधार गरी एक अर्कामा मित्रता, आत्मियता, सद्भाव बढाउदै जाने चाडको रुपमा होलीलाई लिइन्छ । होलीका समयमा अहिले केहि विकृतिहरु हुने गरेकापनि सुनिन्छन् तसर्थ होलीका दिनमा हुने विकृति भित्रिन नदिई यसलाई सद्भावको चाड बनाउनु पर्छ । होली आत्मियताको चाड हो यसले टाढिएको सम्बन्धलाई नगिच्याउने काम गरोस् तर निकट रहेको सम्बन्धलाई टाढा नबनाओस् ।
विशेषगरी होलीमा रातो, पहेंलो, हरीयो तथा निलो रंगको प्रयोग हुन्छ । यी रंगको पनि आफ्नै प्रकारका विशेषता रहेका छन् । रातो रंगलाई शक्ति, सौभाग्य, शाहस तथा प्रेमको, पहेंलो रंग भगवान विष्णु तथा श्रीकृष्णको प्रिय रंगका सथै धार्मिक प्रवृतिको रंग, हरियो रंगलाई जीवनको लक्ष्य प्राप्ति तथा जीवनशक्तिको प्रतीकको, निलो रंगलाई धर्मयुद्धको प्रतीक रुपमा साथै सेतो रंगलाई सफा शुद्धताको प्रतीकको रुपमा मानिन्छ । होलीमा प्रयोग गरीने यी रंगको विशेषता जस्तै यस पर्वले पनि मानव जीवनलाई समेत रंगिन बनाउछ ।
समाप्तिमा, होलीपर्व सामाजिक एकता र प्रेमको प्रतीकको रूपमा फैलिएका सकारात्मक सन्देशहरूको पर्व हो। यसले मानिसहरूलाई आपसी सद्भाव, सौहार्द र सामूहिकतासँग जोड्ने काम गर्दछ । होलीको दिन रंगहरूको संगमले समाजमा प्रेम र मित्रताको वातावरण सिर्जना गराउँछ र यसले दयालुता र करुणाको पनि सन्देश दिन्छ। होलीपर्वको महत्व केवलयसको सांस्कृतिक र धार्मिक पक्षसम्म सीमित छैन, ।
होलीपर्व एउटा यस्तो अवसर हो जसले समाजमा प्रेम, मित्रता र एकता फैलाउँछ । यो पर्वले हामीलाई दयालुता र करुणाको महत्व सिकाउँछ र सम्पूर्ण मानवताबीचको भाईचारा र सामूहिकतासँग जोड्दछ ।
लाइभदाङ । ३० फाल्गुन २०८१, शुक्रबार ०९:०० बजे