आसन्न निर्वाचनमा देशभक्त नागरिकहरुका मौलिक भूमिकाहरु!

१. चुनावमा सहभागी भैरहेका देशका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु अर्थात् राजावादी भनिनेहरु, मधेशवादीहरु अर्थात् भारतपरस्त शक्तिहरु र सबै प्रकारका स्वतन्त्रहरु गरी जम्मा पाँच समूहमा र चुनावमा भाग नलिने, बहिष्कार गर्ने, खारेज गर्ने, अवज्ञा गर्ने वा नो भोटको रुपमा ब्याक भोट गर्ने बहिष्कारवादी अर्थात् क्रान्तिकारी कम्युनिस्ट भनिएकाहरु १ समूह गरी जम्माजम्मी ६ समूहमा भेंडा भेंडाका साथ र बाख्रा बाख्राका साथ भनेझैं आपसमा एकीकृत, ध्रुवीकृत र केन्द्रीकृत हुने ।

२. हरेक समूहमा रहेका सचेत, संवेदनशील, गम्भीर र जिम्मेवार एवं देश र जनताप्रति बफादार नेता, कार्यकर्ता र जनताले आ–आफ्नो समूहका स्वच्छ, सक्षम, सकृय, नयाँ, भिजनरी देशभक्त र जनसेवीलाई प्राथमिकता दिएर जिताउन मतदान गर्ने नीति लिने ।

३. यसो गर्दा आफ्नो समूहका केही छानिएका राम्रालाई जिताउन अप्ठेरो भएमा अन्तमा फ्लोर क्रस गरेर अन्य समूहहरुबाट पनि त्यस्ताको भोट लिने र आफ्नो समूहबाट पनि अन्य समूहका त्यस्ता असल उमेदवारलाई अरु सबै समूहकाले सघाउने र जित्ने÷जिताउने तालमेल मिलाउने ।

४. बहिष्कारवादीहरुले पनि बहिष्कारका अन्य कार्यक्रमहरुद्वारा वैचारिक र राजनीतिक प्रचार र संघर्षबाट पाउन सकिने जति मूल लक्ष पाइसकेपछि अन्तमा बिनासंकोच उपलब्ध सच्चा देसभक्त, जनवादी, समाजवादी र वामपन्थी क्रान्तिकारी शक्ति र व्यक्तिहरुलाई मतदान गर्ने तर त्यस्तो सम्भावना नभएका स्थानहरुमा नो भोटको रुपमा ब्याक भोट गर्ने अर्थात् मतपत्रको पछिल्तिर छाप लगाउने !

यसो गर्दा एउटा स्वतन्त्र, स्वविवेकी, स्वाभिमानी र आत्मनिर्णयी नेता, कार्यकर्ता र समर्थक–शुभचिन्तकहरुले आ–आफ्ना पूर्वपार्टी, पूर्वविचार र पूर्वाग्रहबाट माथि उठी देस र जनतालाई न्याय, समानता, सुशासन, शान्ति र विकास दिने विचार र उद्देश्यले देस र जनताका निम्ति निस्वार्थ, निर्भिक र निरन्तर लडेका वा लड्ने उमेदवारहरुलाई मतदान गरी जिताउने ।

५. यसो गरेर देस, जनता र क्रान्तिको निम्ति सरकारदेखि सदन हुँदै सडकसम्मको संघर्ष सशक्त बनाई साम्राज्यवादी, विस्तारवादी र प्रतिकृयावादी दलाल र गद्दारहरुलाई कमजोर पार्दै राष्ट्रिय हित र विकासलाई गति दिने ।

६. आफूलाई स्वतन्त्र नागरिक अगुवा बताउने बुद्धिजीवीहरुले डलर, भारु, युरो वा युयानको आधारमा होइन राष्ट्रिय स्वाधीनता, अखन्डता र सार्वभमिकताको संरक्षण र सम्बर्द्धनको लागि आफ्नो ब्रह्म र विवेक प्रयोग गरेर स्वाभिमानी, जिम्मेवार र जवाफदेही उमेदवारलाई मतदान गरी जिताउन भूमिका खेल्ने ।


७. यसपटक सबै सच्चा देसभक्त र क्रान्तिकारी भनिने शक्ति र संघसंस्थामा आबद्ध तथा स्वतन्त्र जनसमुदायहरु अघिपछिभन्दा बढी नै संवेदनशील, गम्भीर र जिम्मेवार देसमुखी भएर सोंच्ने र उक्त केही भिन्न, नयाँ, मौलिक र वस्तुसम्मत देसमुखी र जनमुखी निर्णय गर्ने, आदि ।

यो बेला देसका ठुला भनिएका सतापक्ष वा विपक्षमा रहेका नेका, माके, एस, एमाले र मधेशवादी दल र तिनका ठुला नेताहरुको वैदेशिक शक्तिकेन्द्रहरुप्रति दलाली, आत्मसमर्पण र गद्दारीका कारण MCC , नागरिकता, SPP, लिम्पियाधुरा एवं अपर कर्णालीसमेतका विभिन्न नदीनालासंग सम्बन्धित सम्झौता–कानुनका माध्यमबाट देसको स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अखन्डता, शान्ति–समृद्धि मात्र होइन देसको स्वत्व–अस्तित्व समेत गम्भीरतम खतरामा परेको बेला हो ।

तसर्थ यतिबेला सच्चा देशभक्तहरु राष्ट्रिय स्वाधीनता र स्वत्व–अस्तित्वको रक्षाको लागि देसमुखी भएर सोंच्ने र गर्ने गर्नैपर्छ । यसो गर्दा हामी कुनै आस्था, वाद, सिद्धान्त, संगठन र नेतृत्वप्रति प्रतिबद्ध वा स्वतन्त्र सच्चा सपुतहरुले “nation first n above” भन्ने सोंचेर आफ्ना राजनीतिक गतिविधिहरु गर्नु/गराउनु अत्यन्त जरुरी छ । त्यसैले पंचायती कालदेखि हालसम्मको निकै लामो चुनाव उपयोगको क्षेत्रमा देस, जनता, क्रान्ति र मुक्तिको पक्षमा स्वच्छ, स्वाभिमानी र निस्वार्थ भएर संघर्ष गर्दै राष्ट्रवादी र जनसेवी छवि प्रमाणित गरेको सच्चा देसभक्त र जनमुखी शक्ति नेमकिपालाई सके खुल्ला समर्थन र सहयोग गर्नेः नसके उसको चुनाव चिन्ह “मादल” मा गोप्य मतदान गरेर नेपाली देशभक्त शक्ति र समुदायहरुको सशक्त प्रतिनिधित्व गर्ने एउटा सबल राष्ट्रिय पार्टी बनाउने प्रयास गर्ने हो ।

यसका साथै अन्य सबै पार्टीका बारबार प्रधान मन्त्री, मन्त्री र सांसद भएर देस बर्बाद गर्ने गरेका बूढा–पुराना परिचित र परीक्षित शीर्ष, भ्रष्ट, दलाल, गद्दार र राष्ट्रघाती र जनघाती नेता– उमेदवारहरुलाई “no not again” वा “your turn is over” भन्दै ठाउँका ठाउँ हराउने र तिनका स्थानमा कुनै पार्टीमा आबद्ध वा स्वतन्त्र तुलनात्मक रुपले स्वविवेकी, स्वाभिमानी, स्वच्छ, शिक्षित, सक्षम, साहसी र भिजनरी देसभक्त र जनमुखी नयाँ र युवा उमेदवारहरुलाई जिताउनै पर्छ ।

त्यस्ता उमेदवार नभएका क्षेत्रहरुमा “No Vote” को रुपमा “Back Vote” गर्ने अर्थात् सम्बन्धित सबै उमेद्वारहरु स्वच्छ र सक्षम नदेखिएकोले ती सबैलाई निषेध स्वरुप मतपत्रको पछिल्तिर छाप लगाउने गर्नुपर्छ । यतिबेला यही नै हामी सचेत र स्वतन्त्र देसभक्त र जनपक्षीय नागरिकहरुको अहं भूमिका हो र हुनुपर्छ । यसको तात्पर्य यसमार्फत विभिन्न पार्टी र संसदीय दलहरुभित्र र संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह हुन सकोस् र सत्तापक्षबाट भएका र हुनसक्ने राष्ट्रविरोधी र जनविरोधी नीति–निर्णय, ऐन–कानुन, सन्धि–सम्झौता र काम–व्यवहारका विरुद्ध सदन र सडकबाट प्रभावकारी र परिणाममुखी निर्णायक खबर्दारी हुन सक्छ र सकोस् भन्ने विश्वास छ ।

आशा एवं विश्वास छ कि यसो गर्न–गराउन सकियो भने हाम्रो देस नेपाल र हामी नेपाली सही अर्थमा मुक्त र स्वतन्त्र हुनेछौं र शान्ति, स्थिरता र विकासको मार्गमा तीव्रता र गुणात्मकताका साथ अघि बढ्न सक्नेछौं ।