वडा अभिभावक हो,खेलमा कसैलाई पक्षपात गरेका छैनौं : वडाध्यक्ष सापकोटा

दाङ, २८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ ले वडाअध्यक्ष कपलाई नियम अनुसारलाई सम्पन्न गरेको बताएको छ । वडाले बुधबार पत्रकार सम्मेलन गरी तेस्रो वडा अध्यक्ष कप तथा खेलकुद प्रतियोगिताको अन्तिम नतिजा टोलका अध्यक्ष र प्रतिनिधिबिच गरेको सहमति बमोजिम नै निकालिएको स्पस्ट पारेको छ ।

वडा अध्यक्ष हुमकान्त सापकोटाका अनुसार आफूहरु सबैको साझा भएकाले कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत बताए । तर, यो विषयलाई नियोजित तरिकाले विवादमा तान्न खोज्नु गलत भएको समेत उनको भनाई थियो । “खेलकुद प्रतियोगितामा विवाद हुनु आफैमा दुखद कुरा हो”,उनले भने“हामीले नियम अनुसार नै खेल खेलाएका छौं ।”

सोमबार २६ गते रामनगर र प्रगतिशिल टोल बिच फाइनल खेल हुँदा विवाद भएपछि प्रगतिशिल टोलले खेल नखेल्ने बताएको थियो । त्यसपछि फुटबल खेलको नियमानुसार रामनगर टोललाई विजेता र प्रगतिशिल टोललाई उपविजेता बनाउने गरिएको अहिलेसम्मको अभ्यास अनुसार नै निर्णय गरिएको थियो । यद्यपी रामनगरले आफुहरुलाई विजेता बनाउनुपर्ने र प्रगतिशिल टोललाई उपविजेता बनाउन नहुने माग गरेको थियो ।

रामनगरले उपविजेताका लागि मात्रै पुनः खेल खेलाउनुपर्ने माग राखेको थियो । तर रामनगर टोलले राखेको माग खेलको नियमअनुसार थिएन । त्यसपछि रेफ्रिको राय अनुसार फाइनलमा पुगेको रामनगर र तेस्रो भएको न्यूरोड टिम बिच फाइनल खेल हुने घोषणा भएको थियो ।


तर फाइनल खेल घोषणा भए पश्चात फेरि रामनगरले हारेको टिमसंग फाइनल खेल नखेल्ने प्रतिक्रिया जनाएको थियो ।

त्यसपछि मात्रै वडाले बाध्यकारी निर्णय गरेर रामनगर र प्रगतिशिल टोल दुवै टिमलाई बाहिर गरेर तेस्रो र चौथो टिमबिच फाइनल खेल बनाएर अन्तिम नतिजा निकालेको वडाअध्यक्ष सापकोटाले बताए ।

आयोजकको निर्णय नै अन्तिम निर्णय हुने भनेर टोलका अध्यक्ष र प्रतिनिधिसंग सहमति गरिएको थियो । वडामा २३ गतेदेखि २६ गतेसम्म तेस्रो वडा अध्यक्ष कप तथा खेलकुद प्रतियोगिता भएको हो । खेल सुरुवातदेखि नै अनुशासनपूर्वक खेलाईएको अध्यक्ष सापकोटाले बताए ।