मगर एकता दिवसमा आफ्नो पुर्खा भएको ठाउँ पुगे मन्त्री मास्की

दाङ, १५ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको पुर्खा पाल्पा हो । केही समय अघि मात्रै पाल्पा पुगेपछि आफ्नो पुर्खाहरुसंग भेट भयो ।

त्यसपछि मन्त्री मास्की आफ्नो पुर्खा रहेको पाल्पामा मगर एकता दिवस मनाउन पुगे । मन्त्री पुग्दा सयौं मगर समुदायहरुले उनको स्वागत गरे । पछिल्लो समय विकासमा लिएको पहल लिएर लोकप्रिय बनेका मास्कीको‘क्रेज’ पाल्पामा पनि उतिकै देखियो । एकीकृत मगर उत्थान समाज एवं नेपाल मगर संघको आयोजनामा भएको कार्यक्रमलाई स्म्बोधन गर्न मन्त्री मास्की त्यहाँ पुगेका हुन् ।

त्यस अवसरमा मन्त्री मास्कीले मगर समुदाय संस्कार र संस्कृतिका हिसाबले धनी समुदाय रहेको भन्दै त्यो संस्कार, संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए । मगरको उद्गम थलोहरुलाई प्रचार गर्ने तथा संस्कार र संस्कृतिलाई संरक्षण गर्न सकेमा पर्यटकहरु भित्र्याउन सकने बताए । उनले आफू सरकारमा हुँदा मगर समुदायको उत्थानकालागि पहल गर्ने समेत बताए ।


साथै उनले पाल्पा मगर समुदायको एतिहासिक जिल्ला रहेको समेत बताए । म‌ंगलबार ४२ औ राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।