माओवादी केन्द्रद्वारा दाङ ३(क)बाट ७ जनाको नाम सिफारिश

तुलसीपुर
२ असोज / माओवादी केन्द्र दाङ ३ को प्रदेशसभा ‘क’ बाट ७ जनाको नाम सिफारिश गरेको छ । शनिबार बसेको बैठकले शेसुराम भण्डारी, चित्रबहादुर खड्का‘अनुपम’, साउने चौधरी‘भीषण’, शंकर भट्टराई, अमर नेपाली‘माइकल’, अनिता खड्का र यज्ञबहादुर केसीको नाम सिफारिश गरेको हो ।

पार्टीका क्षेत्रीय कमिटि संयोजक शंकर भट्टराईको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारीको प्रमुख आतिथ्य एवं केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहितको बिशिष्टि आतिथ्यमा बैठक भएको हो ।


बैठकले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनकालागि उम्मेदवारको नाम सिफारिश गरेको हो ।