खाजा खर्च कटाएर आश्रममा सहयोग

तुलसीपुर, २७ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित सप्तरंगी इग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर आश्रममा सहयोग गरेका छन् ।

मंगलबार मानव सेवा आश्रम तुलसीपुरमा उनीहरुले सहयोग गरेका हुन् । कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरुले खाजा खर्च कटाएर आश्रितलाई खाजा, नास्ता दिएका हुन् ।

विद्यार्थीहरुले आफूहरुले खाजा कटाएर अति विपन्न तथा आश्रितहरुलाई दिदा खुसी भएको विद्यार्थीहरुले बताएका छन् ।


सामाजिक काम गर्नुपर्छ, भन्ने प्रेरणा दिन यस्तो कार्य गरिएको विद्यार्थीहरुको भनाई छ ।

कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्य निलकन्ठ भट्टराई, प्रिन्सिपल प्रदिप वलीलगायतको सहभागिता रहेको थियो ।