कटकुइया वनमा लागेको आगो नियन्त्रण

दिपक ओलि
तुलसीपुर,१० वैशाख ।
दाङको तुलसीपुर–८ अश्वाराको कटकुइया वनमा केही दिनदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

केही दिनदेखि लागेको आगो गएराती आगो तीब्र रुपमा फैलिएको र आज बिहानसम्म पनि आगो नियन्त्रणमा नआएको हुनाले आगो निभाउनका लागि मावि अश्वारामा वन बिज्ञानमा अध्यनरत विद्यार्थीहरुको पहलमा आगो नियन्त्रणमा आएको छ । गर्मीको समय भएकोले यस्ता घटनाहरु हुने गरेको पाइएको छ ।