राप्ती बबई क्याम्पसमा काँग्रेसको दुई टिम, विद्रोहीलाई एमाले, माओवादीले गरे सहयोग

तुलसीपुर, २७ फागुन । दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसको सभापतिमा काँग्रेसको दुई टिमले उम्मेदवारी दर्ता गराएको छ । दीपक गिरी पक्षले एकलौटी टिकट वितरण गरेको भन्दै गेहेन्द्र गिरी पक्षले विद्रोह गरेको छ ।

सभापतिमा काँग्रेसले नेविसंघका प्रमोद भण्डारीलाई उम्मेदवार बनाएको थियो । उनी दीपक गिरी निकट हुन् । उनलाई टिकेट दिएपछि गेहेन्द्र गिरी समूहले नेविसंघकै लेखमणी खत्री(लक्ष्मण) लाई उम्मेदवार बनाएको छ । उनलाई एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु समाजवादी, विप्वल निकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले समर्थन जनाएका छन् ।

त्यसैगरी लक्ष्मण नेतृत्वको संयुक्त प्यानलबाट सचिवमा सचिव अनेरास्ववियुका सोनिया थापा, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका तिलक राज डाँगी, प्रत्यक्ष तर्फ सदस्यमा विप्लव निकट नेव बहादुर भण्डारी, एमालेका कवि सेन, माओवादी कन्द्रका प्रेम केसी, नेविसंघका दिलीप शर्मा, बैद्य निकट विद्यार्थी संगठनका अनिता खडका र जनमोर्चा निकट तुलसीराम भण्डारीले उम्मेदवारी दिएका छन् ।

जुन टिममा समानुपातिक तर्फ हेमन्त प्रकाश वली, मनोज रावत, भद्र बहादुर खत्री, पूर्णिमा बस्नेत, जनार्दन वली, देव बहादुर वली, प्रमोद नेपाली, कमल कडेल, संकल्प बस्नेत, सुरज कुमार बुढाथोकी, राजु बिक, सुमन भण्डारी र ओद बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी भण्डारीको नेतृत्वको नेविसंघबाट सचिवमा टोप बहादुर वली र कोषाध्यक्षमा शिक्षा नेपालीले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रबाट कृष्ण केसी र कोमल बहादुर वलीले स्ववियु सभापतिको पदमा उम्मेदवारी दिएका छन् ।


त्यस्तै दुइजना स्वतन्त्र उम्मेदवार पनि छन् । एमाले निकट अनेरास्ववियुका कोमल बहादुर वली(केवी), नेविस‌ंघकै कृष्ण केसी(डेभिड खत्री) पनि सभापतिका उम्मेदवार छन् । उनीहरुले पनि संगठनको निर्णयप्रति विद्रोह गरेका हुन् ।

डेभिडको टिमबाट सचिबमा अङ्किता डाँगी र कोषाध्यक्षमा आशिक मिँयाले उम्मेदवारी दिएका छन् ।

२१ सदस्यका लागि चैत्र ५ हुन लागेको स्ववियु निर्वाचनका लागि ३ हजार ४ सय १४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक दीपक पौडेलले जानकारी दिए । सभापति, सचिव, कोषाध्यक्ष र ८ जना सदस्यका लागि प्रत्यक्ष निर्वाचन र १० जना समानुपातिक प्राणालीबाट आउने संयोजक पौडेलले बताए ।

May be an image of text

May be an image of text