तुलसीपुरमा शिक्षक सरुवा तथा प्रअ नियुक्ती कार्य रोक्न अदालतको आदेश

तुलसीपुर,२९ बैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ती कार्य रोक्न अदालतले आदेश गरको छ । उच्च अदालत तुलसीपुरले विहीबार उपमहानगरपालिकालाई अल्पकालिन आदेश दिदै माध्यामिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ती गर्ने कार्य नगरि यथास्थितिमा राख्न आदेश गरेको हो ।

हिमबहादुर डाँगीले दिएको निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । साथै यो विषयमा छलफलकालागि दुबै पक्षलाई जेठ १ गते बोलाईएको छ ।


तुलसीपुरमा यस अघि प्रधानाध्यापक नियुक्ती तथा शिक्षक सरुवा कार्य गरिएको थियो । त्यो कार्यको काँग्रेस, माओवादी केन्द्रल निकटका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघ संगठनहरुले विरोध जनाएका थिए ।