तुलसीपुर खानेपानी निर्वाचन : दुई जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता

तुलसीपुर, २५ फागुन । तुलसीपुर खानेपानीको निर्वाचनमा दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्वतन्त्र रुपमा खुल्ला सदस्यबाट उम्मेदवार दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


उम्मेदवारी फिर्ता लिनेमा खगेश्वर भण्डारी र माधव गिरीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताए ।

साथै उम्मेदवारहरुलाई सोमबार दिउसो चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।