तुलसीपुर खानेपानीमा तीन प्यानल : कुन प्यानलमा को–को उम्मेदवार ?

तुलसीपुर, २१ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाको अध्यक्षकालागि तीन जनाको उम्मेदवारी परेको छ । तीनै जना उम्मेदवारले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन ।

खानेपानी संस्थामा अध्यक्षका लागि नेपाली कांग्रेसका तर्फबाट यमकान्त भण्डारी, नेकपा माओवादी केन्द्रको तर्फबाट सिताराम शर्मा र नेकपा एमालेको तर्फबाट मनोज लामिछानेले उमेदवारी दर्ता गराएका छन् । भण्डारी बहालवाला अध्यक्ष हुन्, भने शर्मा उपाध्यक्ष हुन् । त्यस्तै लामिछाने पूर्व सचिव हुन् । भण्डारीको प्यानल काँगेसबाट, शर्माको प्यानल माओवादीकेन्द्र सहित ७ राजनीतिक दलबाट र लामिछानेको प्यानल एमाले र राप्रपाको प्यानलबाट चुनाबी मैदानमा होमिएका हुन् ।

७ दलमा नेकपा माओवादीसहित राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा विप्लव, एकिकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन् ।

उपाध्यक्षमा सात दलिय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका दुर्गा प्रसाद भण्डारी, भण्डारीको प्यानलबाट उपाध्यक्ष पदमा नारायण प्रसाद शर्मा लामिछानेको प्यानलबाट राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का लक्ष्मण केसीले उमेदवारी दिएका छन् ।

त्यस्तै सचिवमा भण्डारीको प्यानलबाट नेपाली कांग्रेसका रञ्जन गौतम, शर्माको प्यानलबाट नेकपा विप्लपका रुद्रबहादुर वली, लामिछानेको प्यानलबाट एमालेका भुवन भुषालले उमेदवारी दिएका छन्, भने कोषाध्यक्षमा नेपाली कांग्रेसका भोलाप्रसाद थापा, शर्माको प्यानलबाट नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वली र लामिछानेको प्यानलबाट नेकपा एमालेका शुसिला न्यौपानेले उमेदवारी दिएका छन् ।


त्यस्तै खुल्ला सदस्यमा भण्डारीको प्यानलबाट प्रमोद कुमार योगी,शरद र बुद्धिराम चौधरीले उमेदवारी दिएका छन्, भने महिला सदस्यमा लुमा बुढामगर, शुष्मा अधिकारी र शारदा सार्कीले उमेदवारी दिएका छन् ।

यस्तै शर्माको प्यानलबाट खुला सदस्यमा मनबहादुर वली र प्रेम कुँवरले उमेदवारी दिएका न्, भने महिला सदस्यमा कमला चौधरी, मनिषा शेर्पाली, र डिला परियारले उमेदवारी दिएका छन् ।

यस्तै लामिछानेको प्यानलबाट महिला सदस्यमा छमा भण्डारी, प्रमिला तिवारी र शुसिला वलीले उमेदवारी दिएका छन्, भने खुला सदस्यमा पदम बहादुर खड्का र सुकुण्ठ न्यौपाने सुशि० ले उमेदवारी दिएका छन् । यस्तै खुला सदस्यमा स्वतन्त्रबाट खगेश्वर भण्डारीले उमेदवारी दर्ता गराएका छन् । उनी एमाले निकट भएपनि टिकेट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका हुन् ।

यसैगरी खुला सदस्यमा माधव गिरी, र शोभाराम पुनले पनि स्वतन्त्रबाट उमेदवारी दिएका छन् । खानेपानीको आगामी चैत २ मा निर्वाचन हुँदैछ । खानेपानी संस्थामा अहिले १० हजार ९ सय १९ जना मतदाता रहेका छन् ।

May be an image of blueprint and text that says "अध्यक्ष तुलसीपुर खानेपानीमा तीन प्यानलः कन प्यानलमा को-को उम्मेदवार? ? पद माओवादीसहित ७ दल काँग्रेस एमाले र राप्रपा सिताराम शर्मा परनीजि लामिछाने दर्गा प्रसाद भण्डारी क्ष्मण केसी रुद्रबहादूर वली कणबहादर वली मानवहादुर वली प्रेम कुंबर उपाध्यक्ष सचिब कोषाध्यक्ष सदस्य खुल्ला (२ जना) स्वतन्त्र यमकान्त भणड्ारी नारायण प्रसाद शर्मा रज्जन कमार गौतम्रा भोलापरसाद थाप प्रमोद कुमाललयीशी कुमारत बुद्वराम शीघरी भवन भषाल शासिला न्यौपाने पदम बहादूर खडका सुकुणठ न्यौपाने सदस्य महिला जना) (३ कमला चौधवरी मनिशा सेपाइली डिला परियार खगेश्वर भण्ड्ारी माधव गिरी शोभाराम पुन बुढा मगर शुष्मा अधिकारी शारदा सार्की छमा भण्ड्ारी प्रमिला तिवारी शुसिला वली"