तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुर स्थित बसपार्कमा पेट्रोलपम्प सञ्चालनमा आएको छ ।
उक्त पेट्रोलपम्प यस अघि उपमहानगरपालिका आफैले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका ब्यबसायीलाई ठेक्कामा चलाउन दिएको छ ।
करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो । सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, ८ वटा शौचालय, ३ वटा युरिन, पर्खाल समेत गरेर दुई करोड बढी खर्च लागेको छ ।
शारदा कन्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोलपम्प सञ्चालनमा ल्याएको हो ।
लाइभदाङ । १३ फाल्गुन २०७९, शनिबार १०:५० बजे