राजनीतिक दलको पछिल्लो अस्वभाविक सक्रियता

जतिबेला निर्वाचन आउछ, त्यसपछि जनताका घरमा आउछन्, भन्ने नागरिकको गुनासो नयाँ होईन् । राजनीतिकदलहरुको प्रबृति नै त्यस्तै छ । अघि–पछि कुनै चासो नदेखाउने राजनीतिक दलहरु जब निर्वाचन आउछ, त्यसपछि जनता खोज्दै जान्छन् । अब तीनै तहको निर्वाचनहरु नजिकिदै छन् । नजिकिदै गएको निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । गाउँ–गाउँमा चुनाब लक्षित भेलाहरु गरिरहेका छन् । भर्खरै केही दिन अघि मात्रै एमालेका नबनिर्वाचित महासचिब शंकर पोखरेल उरहरीमा कार्यक्रममा सहभागि भए । जहाँ सयौंको संख्यामा पार्टी प्रवेश गराईयो भनी प्रचार गरियो । तर, ति मध्ये धेरैजना आफ्नै पार्टी भित्रका मान्छे थिए, तर पछिल्लो समय निष्क्रिय बनेर बसेका थिए । यस्तै सक्रियता काँग्रेस, माओवादीसहित साना दलहरुले पनि देखाउन थालेका छन् ।

राजनीतिमा स्वस्थ प्रतिष्पर्धा आबश्यक छ । आफ्ना एजेण्डा जनता माझ स्वस्थ ढंगले लैजानु पर्छ । तर, त्यसो हुन सकेको छैन, एक अर्कालाई सक्दो बल प्रयोग गरेर खुइल्याउने प्रबृति बढेको छ । मुलुक सञ्चालन गर्ने राजनीतिक दलहरुले हो । राजनीतिक दलहरुबाट जनताले ठूलो आशा, अपेक्षा गरेका हुन्छन् । लामो योग्दान, त्याग, तपस्या र बलिदानीबाट मुलुकमा संघीय लोकतान्त्रिनक गणतन्त्रात्मक संविधान जारी भएको छ । विश्वकै उत्कृष्ट मानिने यो संविधानलाई पूर्ण कार्यान्वनयकालागि राजनीतिक दलहरु एकजुट हुन आबश्यक हुन्छ । राजनीतिक दलहरुलाई फुटाएर मुलुकका उपलब्धीहरुलाई ‘कोल्याप्स’ पार्ने रणनीतिमा बिभिन्न देशी, विदेशी शक्तिहरु चलमलाई रहेका छन् । यसमा सबै सजक हुनुपर्छ, जनताले पनि यो विषयमा आलोचनात्मक दबाद दिनुपर्छ ।


मुलकमा अबको एक बर्ष भित्र सबै तहको निर्वाचन हुँदैछ । यो बीचमा राजनीतिक दलहरुले आफ्ना गतिबिधिलाई चलायमान बनाउनु पर्छ नै । तर, अस्वभाबिक, अस्वस्थ तरिकाले होईन्, आफ्ना गतिबिधि जनतामाझ लैजादा सम्य तरिकाले लैजानु पर्छ । त्यसले निराश भएका जनतालाई उर्जा पनि थप्ने छ । ईमान र ईज्जतको राजनीतिमा ध्यान दिनुपर्छ । गालीगलौज होईन्, आफ्ना विकासका खाकाहरुलाई जनता माझ लिएर जनताको मन जित्ने हो । तर, जनतालाई झुक्क्याउने, जनताको मतलाई पैसा, मासु भातमा तुलना गर्ने प्रबृति राजनीतिक दलहरुमा देखिएको छ । यसले बिकास र समृद्धिमा भन्दा स्वार्थको राजनीतिमा बढि केन्द्रित हुन्छ । त्यसैले यसबाट आम नागरिक पनि सजग हुन आबश्यक छ । साभार : अग्रिम साप्ताहिक

May be an image of 8 people, people standing and text that says 'अगिम सोमबार (Agrim Weekly, सम्पादकीय... Monday 2021) www.livedang.com विविध मानवसेवामा रमाईरहेकी मुना लामा राजनीतिक दलको पछिल्लो अस्वभाविक सक्रियता त्यसपछि जनताका घरमा नागरिकको गुनासो आमा बन्नका कर्मलेै आफूनै कोखबा जन्माउनु बनाउदो आश्रममा मलाईब सुन्दा बतॉउछिन भत्ने आउछ, जान्छन् मुसुक्क निर्वाचनलाई महासचिब प्रतिष्पर्धा सकेको गणतन्त्रात्मक संविधान कार्यान्वनयकालागि राजनीतिक दलहरुलाई उपलब्धीहरुलाई बिभिन्न यसमा पमापुरा म समापिंत जनताले नभईसकेपछि गतीबिधिलाई चलायमान अस्वस्थ त्यसले दिनपर्छ गालीगलौज पत विकासका नजादेदुभन्ने राजनीतिक समृद्धिमा यसले राजनीतिमा कन्द्रित हुन paush5ankapmd'