“मानिसहरू आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरूमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरूको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरू भौतिक शक्तिहरूको विकासका एक निश्चित चरणको अनुरूप हुन्छन् । यी उत्पादन सम्बन्धहरूको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवं राजनीतिक उपरिसंरचना खडा हुन्छ र सामाजिक चेतनाका ठोस रूपहरू त्यसको अनुरूप हुन्छन् ।” –कार्ल माक्र्स (राजनैतिक अर्थशास्त्रको आलोचनामा एक देन (अंग्रेजी संस्करण) । प्रगति प्रकाशन, मस्को, पृष्ठ २०–२२)
हामीले के बुझ्न जरूरी छ,भने हाम्रो समाज उत्पादन सम्बन्धसंग जोडिएको हुन्छ र उत्पादन सम्बन्धले राज्य सत्ताको उपरीसंरचनामा निरन्तर हस्तक्षेप गरिरहेको हुन्छ । हाम्रो देशमा अहिले दलाल पुँजीवादी उत्पादन सम्बन्ध छ । यो सामन्तवादका विरूद्व संघर्षबाट विकास भएको छ । हामीले राजकिय अधिकार आफैमा सिमित रहने गरि नाटकिय रूपमा सार्वभौम सत्ता जनतामा निहित भनिएको प्रकारान्तरले सक्रिय राजतन्त्र रहेको सामन्तवाद विरूद्व १० वर्ष जनयुद्व ग¥यौं ।
जनयुद्वको जगमा सातराजनीति दल र नेकपा माओवादीका विचमा १२ बुँदे सहमति गरे १९ दिने सशक्त दोस्रो आन्दोलन गरेर १९ दिने सशक्त दोस्रो जनआन्दोलनको बलमा राजकिय अधिकार सहितको सार्वभौम सत्ता जनतामा रहने गरि “संघिय लोकतान्त्रिक गणतन्त्र” ल्याएको कुरा घाम जतिकै छर्लंग छ । हामीले नेपालमा सामन्ती एकात्मक राज्य प्रणालीलाई बदलेर संघात्मक राज्य प्रणाली ल्याएको कुराको कति प्रचार गर्नुपर्ने देखिदैन । हामीले ल्याएको व्यवस्थाबारे कतै भ्रम छैन । हामीले गरेको यो परिवर्तन राजनीतिक परिवर्तन वा उपरिसंरचनामा फेरबदल हो । यसमा हामी सफल भएको मान्नु पर्छ । यो परिवर्तनमा नेकपा (माओवादी) र सात राजनीतिक दलको मुख्य नेतृत्व र आम जनताको व्यापक सहभागिता रहेको छ ।
हामीले स्पष्टसंग नढाटि भन्नू पर्छ–नेपालको राज्यसत्ताको आधार उत्पादन सम्बन्धमा फेरबदल वा परिवर्तन गर्न सकेनौ । नेपालमा कायम रहेको दलाल चरित्र सहितको अर्ध सामन्ती उत्पादन सम्बन्ध बदलेर पूर्ण पुँजीवादी उत्पादन सम्बन्ध हो । यसको ठाउँमा परिवर्तन गरेर पुँजीवादी उत्पादन ल्याउन सकेको भए अहिले यसलाई पनि बदलेर (परिवर्तन गरेर) समाजवादी उत्पालन सम्बन्ध ल्याउन सहज हुने थियो । त्यो पूर्ण पुँजीवादी उत्पादन सम्बन्ध ल्याउन सकेनौ र त्यो ठाउँमा दलाल पुँजीवादी उत्पादन सम्बन्ध आयो ।
यसैलाई हामीले राज्यसत्ताको आधार भनेका हौं । हुन पनि यहि कुरा सत्य हो । हामीलाई माक्र्सले भनी सकेका छन्–आर्थिक आधार अनुकुल उपरिसंरचना चल्छ । यहाँ आर्थिक आधार अनुकुल उपरिसंरचना –सरकार, सेना,प्रहरी,संविधान, कानुन, संसद, धर्म, संस्कृति, संसद, अदालत, भाषा, राजनीतिक दल आदि चल्छन् । राजनीतिक संसदवादी दलहरूमा हामी समाजवादी उत्पादन सम्बन्धका पक्षधरहरू राजनीतिक नअटाउनुको मुख्य कारण यहि हो । दलियरूपमा पनि हामी ठुलो शक्तिका रूपमा स्थापित हुन नसक्नुको खास कारण त्यहि नै हो । यहाँ अहिलेको आर्थिक आधार अनुकुल जो चल्छ, उ नै पार्टीको नेतृत्वमा पुग्छ ।
जुन दल बढि आधार अनुकुल चल्छ त्यहि दल विभिन्न बहानामा चुनाव जितेर देशको ठुलो पार्टीको रूपमा स्थापित हुन्छ । त्यसैले अहिलेको राजनीतिकदलमा स्थापित हुन नसक्नुमा त्यति पिर गर्नु हुदैन । त्यसैले अब हाम्रो मेहनत समाजवादी उत्पादन सम्बन्ध कायम गर्ने, त्यो अनुकुल उपरिसंरचना कायम गर्ने र त्यसलाई थप विकासका लागि समाजवादी अधिनायकत्व लागू गर्ने तयारमा जुट्नु पर्दछ ।
यहाँ सर्वहारा किन नभनेको ? भन्ने प्रश्न पनि उठ्न सक्छ । पुँजीवाद व्यवस्थामा पुँजीवादी अधिनायकत्व हुन्छ । तर नेतृत्व पुँजीपति वर्गले नै गरेको हुन्छ । समाजवादी व्यवस्थामा अधिनायकत्व समाजवादले नै गरेको हुन्छ । तर, त्यस अधिनायकत्वको नेतृत्व गर्ने वर्ग सर्वहारा हुन्छ । पुँजीवादी अधिनाकत्वमा पुजीपति र समाजवादी अधिनायकत्वमा सर्वहारा वर्गले नेतृत्व गरेको हुन्छ । त्यसैले सर्वहारा वर्गको अधिनायकत्व होईन कि समाजवादी अधिनायकत्वको नेतृत्व सर्वहारा वर्गले गर्नुपर्दछ ।
अहिले समाजमा पुँजीवादी अधिनायकत्व छ । हामीले यसलाई कायापलट गरेर समाजवादी समाज निर्माण तथा समाजवादी अधिनायकत्व कायम गर्न जरूरी छ । समाजवादी अधिनायकत्वको नेतृत्व गर्न लायक सर्वहारा वर्गलाई तालिम प्राप्त दक्ष बनाउन जरूरी छ । त्यो दक्षता हासिल अध्ययन र अनुभववाट मात्र सम्भव छ । त्यसको तयारीका लागि एउटा समाजवादी चेतनाद्वारा सु–सज्जित क्रान्तिकारी कम्युनिष्ट पार्टीको टड्कारो खाँचो छ ।
त्यो पार्टीको संरचनामा सर्वहारा वर्गको नेतृत्व र किसानहरूको व्यापक सहभागितामा संगठित गरेर व्यवस्थित पार्टी स्कुल चलाएर अघि बढ्नु पर्दछ । यतिबेला हाम्रो समाज खास गरी तीन कित्तामा विभाजित भएको छ । ती तीन कित्ता–प्रतिगामी, यथास्थितिवादी र समाजवादी (अग्रगामी) शक्तिका बिचमा कडा प्रतिस्प्रर्धा छ ।
पहिलोः– प्रतिगामी शक्तिले समाजलाई पुनःसामन्तवादमा लैजाने प्रयत्न गरिरहेको छ । यो शक्तिले जनताबाट राजकिय अधिकार खोसेर राजामा फर्काउने र राजा मार्फत जनतामा सामन्ति केन्द्रीकृत एकात्म शासन लड्ने सपना सहित यो व्यवस्थालाई बदनाम गर्ने र राजतान्त्रिक राज्य व्यवस्थाको गहिरो अनुभव बटुल्न नपाएको नयाँ पुस्तालाई भट्काई रहेको छ । राप्रपा, राप्रपा नेपाल आदि प्रतिगामी शक्ति हुन् ।
दोस्रोः– यथास्थितिवादी शक्तिले समाजलाई व्यवस्थित दलाल पुँजीवादी व्यवस्था बनाउन चाहाँन्छ । उसले अहिले देशमा बेथिति मच्चाई रहेको छ । आफै उत्पादन नगर्ने र अन्त अरूले उत्पादन गरेको माल ल्याएर नेपालीलाई बेचि दुवै पक्षबाट कमिसन खानु यो कित्ताको मुख्य चरित्र हो । मंसिर ४ गते हुन लागेको निर्वाचनबाट पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानसम्म आउने संसदवादी दलहरू यसका संरक्षकहरू हुन् । यिनीहरू भित्र पनि समाजवादी सपना बोकेका मानिसहरू व्यापक छन् । समाजवादी क्रान्ति गर्ने पार्टी र नेतृत्वको अभावमा यथास्थितिवादमै असन्तुष्ट भई अल्मलिएर बसेका छन् । समाजवादको नेतृत्व गर्ने विश्वासिलो नेतृत्व र त्यसका लागि संगठित गर्ने पार्टी भेटाएका दिन सबै लामबद्व भएर आन्दोलनमा होमिन्छन् ।
तेस्रो शक्तिः– समाजवादी (अग्रगामी) कित्ता हो । यो कित्ता अहिलेको समाजलाई बदलेर यो देशमा समाजवादी उत्पादन सम्बन्ध कायम गर्न चाहाँनुका साथै उपरिसंरचनामा पनि व्यापक उलट–पुलट ल्याउन चाहन्छ । यसले खासगरी समाजवाद (अग्रगामी) उत्पादन सम्बन्ध निर्माण गर्न चाहन्छ । यो कित्ता खास गरि मानव समाजका लागि सबै भन्दा राम्रो उत्पादन सम्बन्ध जे हो त्यहि ल्याउन चाहन्छ ।
यो कित्ताको मुख्य स्वार्थ भनेकै मानव मुक्ति हो र सबैको यहि स्वार्थ हुनु पर्दछ । अहिले भर्खरै स्वतन्त्र घोषणा गरि रुपन्देहि निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका समाजवादी चिन्तक कमरेड घनश्याम भुषाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक कमरेड आहुति र नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव, नेकपा (बहुमत) नेता कञ्चन र सुदर्शनहरू आदि हुन् । भुषालले ५ वर्ष समाजवादका लागि प्रतिनिधि सभाबाटै संघर्ष गर्न चाहन्छन् । हामी सबैले उनीलाई सहयोग गर्न जरुरी छ । हामीहरूको प्रष्ट कित्ता समाजवादी हुनुपर्छ र हो ।
अहिलेको चुनावबाट प्राप्त गर्ने स्तर नै दलाल पुँजीवादी व्यवस्था भित्रको दलिय स्तर हुनेछ । व्यक्ति अघिपछि उसको क्षमताले हुनेछ । कोहि सानो दलको भए पनि क्षमतावान छ भने उ अगाडि हुनेछ । भने अघि बढ्न नसक्नुमा उसको क्षमता अपुगले काम गर्ने छ । क्षमतावान हुदा–हुँदै पनि उसको दल किन सानो भयो भन्ने प्रश्न उठ्छ । हामीले के कुरा प्रष्ट हुन्छ, भने क्षमतावान हुदा–हुदै पनि उ दलाल पुँजीवादी व्यवस्थाप्रति इमान्दार छैन र उ अगाडि हाम फाल्ने सपना बोकेको छ, भनी बुझ्नु पर्दछ । उनीहरूसंग समाजवादीहरूले सहकार्यको हात बढाउनु पर्दछ ।
हाम्रो कर्तव्य के हो, भने दलाल पुँजीवादप्रति इमान्दार नरहेको, व्यवहारत! उ दलाल पुँजीवादी नै भए पनि सपना समाजवादको बुनि रहेको शक्तिसंग सहकार्य गर्दै समाजवादी आन्दोलनको नेतृत्व प्रदान गर्नु पर्दछ । कमरेड पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीका अहिलेका विभिन्न हाँगाका नेता कार्यकर्ताहरू समाजवादको सपना देखिरहेका, आफै नेतृत्व गर्न नसक्ने तर सहि नेतृत्व र पार्टी नपाएर असन्तुष्ट पालेर बसेका छन् । उनीहरू सबैलाई गोलबन्ध गर्न एउटा क्रान्तिकारी राजनीतिक पार्टी हुन जरूरी छ ।
हाम्रो यो वर्ग विभाजित समाज हो र यसमा हामीले निर्माण गर्ने कम्युनिष्ट पार्टीले सर्वहारा÷ श्रमजीवी–किसान वर्गको प्रतिनिधित्व र हितरक्षाको नेतृत्व गर्नु पर्दछ । यसले विद्यमान समाजका अन्तरविरोधको सही पहिचान र परिचालन गरेर आफ्नो निर्दिष्ट गन्तव्य समाजवाद हासिल गर्न हमेसा संघर्ष गर्नु पर्दछ । कम्युनिष्ट पार्टी र संगठन राज्यको बिलोपीकरणको साधन हो । समाजवाद हुँदै विश्व साम्यवादमा पुगेर जब वर्गको बिलोप हुनेछ । त्यहाँ राज्यको औचित्य पनि समाप्त हुनेछ । वर्ग र राज्यको बिलोपसँग हामी कम्युनिष्ट पार्टीको औचित्य पनि समाप्त गर्ने उदेश्यमा सफल हुनेछौं ।
यो लक्ष्य सहित निर्माण गर्ने कम्युनिष्ट पार्टीको संरचना अधिकतम मात्रामा समाजवादी हुन जरुरी छ । अहिले सम्मका समाजवादी पार्टीहरूका संरचना पुँजीवादी रहेको कुरा किन्तु परन्तु नभनि सर्लक्क स्विकार गरौं । र समुदायले निर्णय गर्ने र चुनिएका प्रतिनिधिले लागू गर्नु पर्ने व्यवस्था भएको समाजवादी संरचना भएको कम्युनिष्ट पार्टी आजको आवश्यकता हो ।
त्यसरी विभिन्न तरिकाले छरिएर रहेका हामी समाजवादी शक्तिहरू एकतावद्व हुनु आजको अपरिहार्य अनिवार्यता बनेको छ । समाजवादी व्यवस्था निर्माण, समाजवाद प्राप्त गर्ने कार्यदिशा, हामीले लागू गर्ने समाजवादी अधिनायकत्वका बारेमा बहस गरौं । बहसबाटै विषय वस्तु टुंग्याउन पनि जरूरी छ ।
हामी समाजवादीहरू भित्र पनि निम्न पुँजीवादी–वर्ग उत्थानवादी चिन्चन र चरित्र, पुँजीवादी आर्थिक, सामाजिक, सांस्कृतिक चिन्तन र चरित्रहरू देखिएको छ । यसलाई जसले बदल्न सक्छ र बदलिन भरपुर मात्रामा मेहनत गरी सफल हुन्छ, त्यो समाजवादी क्रान्तिको सफल नेतृत्व हो। गरिखाने वर्गको सत्ता समाजवाद ल्याउन प्रतिवद्व रहु । अबको दुई तीन वा चार वर्ष यसको गहिरो अध्ययन छलफल, बहस गर्दै संगठित हुने प्रयत्न गरौं । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ७ कार्तिक २०७९, सोमबार ०८:३४ बजे