तरुण कप दाङ जिल्ला खुला वडा स्तरिय पुरुष भलिबल सुरु

लक्ष्मण बस्नेत
दाङ, २५ चैत ।
प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८१ आज देखि तुलसीपुरको भमकेमा सुरु भएको छ । नेपाल तरुण दल इकाइ तुलसीपुर १ आयोजनामा संचालित प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननिय दिपक गिरीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गिरिले राष्ट्रको सान र पहिचान बोकेको खेलकुद क्षेत्रको बिकास ग्रामिण स्तर बाटै गर्नु पर्ने बताउनु भएको छ ।
खेलकुदको पहुच ग्रामीण स्तरसम्म पुग्न स्थानिय तहको बिशेश भुमिका रहने भन्दै उहाले खेलकुदको विकासमा फराकिलो दृष्टि लगाउन सबैमा आग्रह गर्नु भयो ।

नेपाल तरुण दल इकाई तुलसीपुर १ का अध्यक्ष बालकृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथी नेपाली काँग्रेस दाङ जिल्ला सहसचिव राजु आचार्य, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देबिका नेपाली,नेपाल तरुण दल जिल्ला अध्यक्ष टीका घर्ती,नेपाली काग्रेस प्रदेश सल्लाहकार चुडामणि न्यौपाने,प्रदेश सदस्री ढुण्डी राज न्यौपाने,नेपाली काँग्रेस तुलसीपुर नगर सदस्य निर्मल कुमार आचार्य,नेपाली काँग्रेस तुलसीपुर वडा नं. २ का सभापती भिम बहादुर वली लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
नेपाल तरुण दल ईकाइ तुलसीपुर १ का कोषाध्यक्ष पिन्की वलीको स्वागत रहेको कार्यक्रमको संचालन नेपाली काँग्रेसका नेता मेघराज सोनिले गर्नु भएको थियो ।


यसैबिच प्रतियोगिता अन्तरगत आज भएको उद्घाटन खेलमा शान्तिनगर १ लाई सोझो सेटमा पराजित गर्दै बबई ३ बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा तुलसिपुर १ लाई २–१ को सेटमा पराजित गर्दै तुलसिपुर ४ बिजयी भएको छ । प्रतियोगिता अन्तरगत भोलि बिहान ७ बजे हुने पहिलो खेल राजपुर ७ र दङ्गिशरण ५ बिच खेल हुनेछ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगिताको प्रथम,द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद ५०,२५ र १५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न भने वेष्ट प्लेयर खेलाडी लाई ट्रफी प्रदान गरिने नेपाल तरुण दल ईकाइ तुलसीपुर १ का सचिब मदन भुसालले जानकारी दिनु भएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहेकोछ ।