तुलसीपुर
४ पुस / नेपाल पत्रकार महासंघ दाङ शाखाले २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आईतबार कार्यक्रम गरि सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका छन् ।
महासंघले दिवंगत भएका पत्रकारहरु दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
सञ्चार गृहतर्फ नयाँ युुगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाइनलाई सम्मान गरेको छ ।
लाइभदाङ । ४ पुष २०७८, आईतवार २०:२४ बजे